आज साउन पहिलो सोमबारी, अराध्यदेव भगवान शिवको पुजा आराधना हुने विशेष दिन । आजको दिन विभिन्न नाम र रुपमा प्रसिद्व धनुषा लगायत विभिन्न शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गर्दछ । मधेस प्रदेश को राजधानी जनकपुरधाम स्थित शिवालयहरुमा विहानै देखि भक्तजनको भिडभाड देखिन्छ । शिव, भोलेनाथ, शम्भु, महादेव, महाकाल सहित विभिन्न नाथ र श्वर नामले पुज्निय भगवान शिवको पुजापाठका लागि जनकपुरधामको शिवचौक स्थित श्री शिव मन्दिर, बाबा भुतनाथ मन्दिर, कपलेश्वरको कपलेश्वरनाथ महादेव, दशरथ तलाउ किनारामा रहेको नागेश्वर महादेव,धनुषाको क्षिलेश्वरनाथ महादेव, धनुषा धामा, कुवाको माहादेव मन्ठ, सहितको मन्दिरहरुमा भक्तजनको भिडभाड लागेको छ । साथै महोतरीको जलेश्वरनाथ, टुटेश्वरनाथ, सहितक अनेकन शिवालयहरुमा आज विशेष पुजापाठ र चलहपहल देखिएको छ । विहान ४ बजे देखि विभिन्न शिवालयमा भक्तजनको भिडभाड देखिएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछ। यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा भन्ने भनाइ छ । आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने जानकार डा. राजेन्द्र विमले बताउँछन् धनुषाको जनकपुरधाम स्थित कपिलेश्वर महादेव मन्दिरमा सेल्फी खिच्ने युवतीहरुको भिड पनि देखिएको छ। विहानैदेखि शिवको दर्शन गर्न आउने महिला तथा युवतीहरु सेल्फी खिच्नव्यस्त देखिन्छ। रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले धनुषाको विभिन्न शिवालयमा भरिभराउ छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको छ। विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । जानकारहरुको अनुसार सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: