मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
उनको सिफारिशमा ५ राज्यमन्त्री भएका हुन् ।
मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एकरएक राज्यमन्त्री थपेका छन् । एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ ।
कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।
नवनियुक्त पाँचवटै राज्यमन्त्रीलाई मधेश भवनमा मंगलबार प्रदेश प्रमुख , सभामुखको उपस्थितिमा मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको छ।
आज ५ जना राज्यमन्त्री नियुक्त भएका छन् । १२ मन्त्रालय रहेको मधेशमा ५ जना थपिँदा मन्त्रीको संख्या २० पुगेको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको