काठमाडौँ, २५ साउन ।
३० औँ विश्व आदिवासी दिवस–२०२४ एक कार्यक्रम आयोजना गरि शुक्रवार संघीय राजधानी काठमाडौँमा मनाइएको छ । समान नेपालको आयोजनामा काठमाडौँको शंखमुलस्थित राष्ट्रिय मुक्ति क्रान्तिको कार्यालयमा ‘स्वेच्छिक रुपले अलग र प्रारम्भिक सम्पर्कमा रहेको आदिवासी जनताहरुको अधिकार संरक्षण’ नारासहित दिवस मनाइएको हो ।
सन् १९९४ मा आजैको दिनदेखि संयुक्त राष्ट्र संघले विश्वव्यापी रुपमा आदिवासी दिवस मनाउने घोषणा गरे अनुरुप विश्वभर अगस्त ९ का दिन विश्व आदिवासी दिवस मनाउने गरिएको छ । समान नेपालका अध्यक्ष सिएन थारुको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले दिवसको शुभकामना दिदै एनजिओ पारामा कोठे कार्यक्रम गरेर आदिवासी जनजाति लगायत उत्पीडनमा पारिएका वर्गको मुक्ति नहुने बताए । आदिवासी जनजाति, थारु, मधेशी लगायतका वर्ग पछाडि परेको नभइ राज्यले नियोजित रुपमा पछाडि पारेको बताउदै हामीले सुरु गरेको संघर्षमा अब सबै वर्ग समुदाय एकजुट भइ साथ दिनुपर्ने महतोले बताए ।
कार्यक्रममा युवा नेता सन्तोष मेहताले मधेशी पनि एक किसिमको आदिवासी नै रहेको जिकिर गरे । उनले उत्पीडनमा पारिएका सबै वर्ग समुदायलाई एकजुट भई सडक संघर्षमा होमिन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता जुन तारा मगर, नेतृ कृष्णा थापा, अधिवक्ता रविन्द्र थिङ्गलगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको