राष्ट्रिय अपांग महासंघ नेपाल केन्द्रीय महासचिव सुगम भट्टराईले ऐनमा उल्लेख भएका र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धीको भावना र मर्म अनुसार अपाङ्गताको सवाललाई विकासको मुल प्रवाहमा समावेशिकरण गर्ने आग्रह गरेका छन् ।
राष्ट्रिय अपांग महासंघ नेपाल द्वारा आइतबार जनकपुरधाममा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि महासन्धी कार्यान्वयनको अनुगमन परामर्श कार्यशालामा बोल्दै महासचिव भट्टराईले अपाङ्गता भएका व्यक्तिलाई निर्णय प्रकृयामा सहभागी गराउने विषय, उनीहरूको सशक्तिकरणका सवालहरू, मापदण्ड सहितको पहुँचयुक्तता प्रवर्धन (सार्वजनिक स्थल तथा संरचना, सार्वजनिक सेवा, यातायात, संचार तथा सूचना प्रविधि) जस्ता महत्वपूर्ण विषयहरूलाई नियमावलीले एकदमै कम वास्ता गरेको बताए ।
अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले तोक्नु भनेका धेरै विषयहरू, नेपालको संविधानमा भएका व्यवस्था र नेपाल सरकारको नियमित नीति, कार्यक्रम, बजेट र पहिलेदेखिनै गर्दै आएका राम्रा अभ्यासहरुलाई भने नियमावलीले पूर्ण रुपमा समेटन् समेत सकेको छैन ।
सामाजिक सुरक्षा, समावेशी शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार जस्ता व्यक्तिका जीवनका सबैभन्दा महत्वपूर्ण सवालमा पहुँच सुनिश्चित गर्ने विषयमा ऐन अनुसार तोक्नुपर्ने धेरै कुराहरूमा नियमावलीमा नरहेको बताए ।
त्यस्तै कार्यक्रमको प्रस्तुतिकारण राष्ट्रिय अपांग महासंघ नेपाल मधेस प्रदेशका मनेजर प्रकाश नेपालीले गरेका थिए ।
यस्तै, दिपिका लामाले कुनै पनि समस्या समाधानकको सिफारिस नगर्ने आफ्नै संस्कार संस्कृतिको अभ्यास गर्न नपाएको जस्तो मर्दा, पर्दाको अवस्थामा सहभागी हुन् नपाउने छोरीका विवाह हुँदा आमा अपाङ्गता भएमा कन्यादान गर्न समेत नपाएको अवस्था रहेकोे गुनासो पोखे।
मानवीय अधिकार उपयोग गर्न नपरेको कारण महिला पहुँच मुक्तता समाजिक मान्यताको कारण रहेकोे हो।
कार्यक्रममा अन्जु धिताल,प्रदीप जैसवाल,राजेश साह,शत्रुधन लाल कर्ण,निलम न्यौपाने,ललन चौरसिया, दिपिका लामा,नन्दकिशोर साह, बिरेन्द्र लगायतले आ आफ्नो धारणा राखेको थियोे ।
कार्यक्रमको उद्घोषण चन्द्र रायले गरेको छ भन्ने अध्यक्षता राष्ट्रिय अपांग महासंघ नेपाल मधेस प्रदेशका अध्यक्ष किरण कुमार पासवानले गरेको थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको