नेपाल सरकारको गृहमन्त्री रमेश लेखक भोली विहिवार विहानै मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने कार्यक्रम रहेको छ । गृहमन्त्री लेखकको धनुषा र सिरहा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार भोली विहान ८.१० बजे जनकपुरधाम विमानस्थलमा आउनु हुने बताइएको हो । भ्रमणको क्रममा स्व. प्रदीप गिरीको दोश्रो बार्षिकी कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिरहा पदाधिकारीहरु संग अन्तरक्रिया गरी निर्देशन दिइनेछ । सिहारबाट गृहमन्त्री लेखक जनकपुरधाम फर्केर रात्री विश्राम गरिने नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए । भदौं ७ गते शुक्रबार विहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुको साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने उनले भने । सोही समयमा नेपाली काँग्रेसका पदाधिकारीहरु संग पनि वृहत छलफल गरेर मधेश प्रदेशमा नेपाली काँग्रेसलाई जनताको विश्वास जित्ने रणनीतिहरु तय गरिने समेत प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: