निरंजन साह,
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लगिने बताएका छन् ।
बिहीबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानुनलाई परिमार्जन गरी संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार बनाउन मस्यौदा तयार भइरहेको बताए ।


उक्त मस्यौदालाई सहमतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भइसकेको गृहमन्त्री लेखकले बताए ।
अर्थ मन्त्रालयले सहमति दिएपछि सो मस्यौदा मन्त्रिपरिषदमा लैजाने समेत मन्त्री लेखकले बताए । मन्त्रिपरिषदबाट पास भएपछि त्यसलाई संसदमा पुर्‍याइने उनले बताए ।
गृह मन्त्रालयले बनाएको उक्त मस्यौदा संसदबाट पारित भएसँगै प्रहरी समायोजन ऐनअनुसार प्रदेश प्रहरी गठन प्रकृया सुरु हुने उनको भनाइ छ ।
फरक प्रसंगमा लेखकले मुलुकको दिगो विकास, संवृद्धि र अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्न दुई ठूला दल मिलेर स्थिर सरकार बनाएको गृहमन्त्री लेखकको दाबी छ ।
स्व. प्रदीप गिरीको दोश्रो बार्षिकी कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिरहा पदाधिकारीहरु संग अन्तरक्रिया गरी निर्देशन दिइनेछ । सिहारबाट गृहमन्त्री लेखकले आजै जनकपुरधाम फर्केर रात्री विश्राम गरिने छ।
भोलि शुक्रबार विहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुको साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने छ।
सोही समयमा नेपाली काँग्रेसका पदाधिकारीहरु संग पनि वृहत छलफल गरेर मधेश प्रदेशमा नेपाली काँग्रेसलाई जनताको विश्वास जित्ने रणनीतिहरु तय गरिने समेत बताए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको