जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर १३ असहाय र अपाङ्ग विगुल महरालाइ समाजसेवी शयाम सुन्दर साहले आफ्नो लागतमा ठेला सहयोग गरेका छन् ।
असहाय महारा ले विगत ३५ वर्ष देखि जनकपुरधाम भित्र ठेला चलाएर घरपरिवार चलाउदै आएका थिए र केही दिन उनको ठेला खराव भएपछि महरा आर्थिक मारमा परेकाे थियाे

आज साेमबार जनकपुरधाम १३ मा समाजसेवी साहले अपाङ्ग विगुल महराको घरमा गएर ठेला हस्तान्तरण गरेपछी महरा र महराको परिवारका सदस्यहरु खुशी भएका हुन् ।

समाजसेवी साहले भने विभिन्न समयमा समाजिक कार्य गरेको छु र आगामी दिनमा पनि समाजिक कार्यमा कहिले पछि नहट्ने प्रतिबद्धता समेत जनाएका हुन् ।
समाजसेवी जगदीश राउत, प्रफुल्ल लाल कर्ण, विकाउ राउत, भोला साह, सन्तोष साह लगायत गाउँ समाजको उपस्थितिमा रहेका थिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको