नेपालका लागि चिनिया राजदुतावासका कार्यवाहक राजदुत सिनले बुधबार प्रतिनिधि सभा सदस्य एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि सङ्ग भेटवार्ता गर्नु भएको छ ।
निधि निवास मध्यबानेश्वरमा डेढ घन्टा सम्म भएको भेटवार्तामा दुई देश विचको मैत्रीपुर्ण सम्बन्ध, प्राबिधि क्षेत्रको विकास, आर्थिक प्रगती, प्रतिनिधि मण्डलको भ्रमण लगायतको विषयमा छलफल भएको थियो ।
विपी कोईरालाको पालामा स्थापना भएको नेपाल चीन सम्बन्ध बारे विशेष चर्चा गर्दै नेपाली काङ्रेस र चिनियाँ कम्युनिस्ट पार्टी विचको सम्बन्ध एवम राजनितिक प्रतिनिधि मण्डलको आदान प्रदान बारे चर्चा गर्दै चिनिया पक्षले कैलाश मानसरोवर सहित तिब्बत एवम चीन को भ्रमण गर्न निधि सङ्ग अनुरोध गरेको थियो।
हालसालै नेपालिहरुको लागि फ्री भिसाको बन्दोबस्त गरेको प्रती धन्यवाद दिदै निधिले चीन सङ्गको हाम्रो सम्बन्ध एतिहासिक रहेको र हामीले सधै महत्व दिएको र दिईरहने भन्दै तिब्बत र चीन भ्रमण को लागि आफू तत्पर रहेको बताउनु भएको थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको