जनकपुरधाम । घण्टौसम्म विद्युत जाने क्रम बढेपछि सर्वसाधारण हैरान भएका छन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा अहिले घण्टौसम्म विद्युत जाने क्रम बढेको छ । गर्मी समयमा यसरी विद्युत काटिएपछि सर्वसाधारण हैरानी खेप्न बाध्य हुनु परेको छ ।
विद्युत के कारणले कटौती हुन्छ भनेर फोनमा सोध्यो भने एक त फोनै उठ्दैन उठीहाल्यो भने पनि सो सम्बन्धि जानकारी दिन विद्युत प्राधीकरणका कर्मचारी नै अनभिज्ञता देखाउने गर्दछन् । विहीवार राती ३ घण्टासम्म विद्युत कटौती भएको छ । त्यस्तै अवस्था शुक्रवार पनि देखिएको छ ।
अहिले विद्युतीय चुल्हो प्रयोग गर्ने सन्देश दिने गरिन्छ । तर यसरी नै विद्युत कटौती भइरहन्छ भने सो चुल्होमा खाना पाक्छ कि पाक्दैन अनिश्चितै रहनेछ । विद्युत कटौतीको कारण पनि विद्युतीय चुल्हो प्रयोग गर्न देखि सर्वसाधारण टाढिदै गएका छन् । विद्युत प्राधिकरणको यस्तो रवैयाको कारण इन्भर्टरको बिक्री समेत बढ्न थालेको छ । यस्बाट प्राधिकरणका कमिशन खोर कर्मचारीको चाल त इनभर्टर बिक्रीको लागि होइन भनेर सर्वसाधारणबाट प्रश्न उठ्न थालेको छ ।
प्राधिकरणका कर्मचारीमा पनि कामप्रतिको इमान्दारीता नभएको कारण पनि घण्टौसम्म विद्युत काटिने गरेको आरोप पनि छ । कारण उनीहरुले विद्युत उपभोक्ता विद्युत सम्बन्धमा सोंधपुछ गर्दा झकी र फर्की गर्ने गरेको आरोप पनि छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको