जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरको व्यवस्थापन तथा हरेक वर्ष लाग्ने दशैं मेलाको आयोजक श्री महाविर युवा कमिटिले यस वर्ष पनि भब्य रुपमा दशमी मनाइने जस्का लागि सम्पूर्ण तयारी पुरा भएको छ।
बुधबार मन्दिर प्राँगन स्थित कमिटिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले विभिन्न दर्जनौं समितिहरु बनाएर मन्दिरमा हुने विधी, पुजापाठ सहित मेला र भिड व्यवस्थापनका लागि तयारी अन्तिम चरणमा रहेको बताए।


विगतका वर्षहरु भन्दा पनि उत्कृष्ट सरसजावट र तयारीका साथ आफुहरु सक्रिय रहेको बताउदै अध्यक्ष गुप्ताले नेपालकै सबै भन्दा बढि भिडभाड हुने यो एतिहाँसिक मेला आफुहरुले ३४ वर्ष देखि आयोजन गर्दै आएको भएपनि अहिले सम्म कुनै पनि सरकारले सवामित्व ग्रहण गर्न नचाहिरहेको गुनासो पोखे।
दश वर्ष देखि बोकाबलीको टिकट दर २ सय रहेकोमा यस वर्ष ३सय कायम गरिएको जस्मा हरेक बोकाबलीका लागि आउने सम्पुर्ण श्रद्धालु र उनका परिवारजनलाई समेत निशुल्क भोजनको व्यवस्थापन गरिएको अध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराए ।

जनकपुरधामको विशेषता र महत्व दर्शाउने रामनवमी, जानकी नवमी मेलाहरु लोप हुदै गएको अवस्थामा यस्तो भब्य दशमी मेला बचाउन सबैले सकारात्मक रुपमा सोच्नुपर्ने कमिटिको भनाई छ । हाम्रो भब्यता र सरसजावट हेरेर मधेशको अनेकौं स्थान र शक्तिपिठमा सोहि अनुसारको भब्यता थपिदै जानु सफलता रहेको अध्यक्ष गुप्ताको भनाइ थियो ।
यो वर्ष सरसजावटमा करिब ५० लाख खर्च हुने जानकारी गराए।
जनकपुरधामस्थित मुख्य शक्तिपीठ राजदेवी मन्दिर, बौधि माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोक, पिडरीया माइस्थान, वशिष्ठ चोकलगायतका स्थानहरुमा दशैँका लागि सिंगारिने काम अन्तिम चरणमा रहेको छ
पत्रकार सम्मेलनमा महासचिव चन्दन नागवंशी, कोषाध्यक्ष चन्दन राज शर्मा, पुर्व अध्यक्ष विनोद चौधरी र विज्ञापन संयोजक दिपक गुप्ता सहितको उपस्थिती थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको