नेपाल पत्रकार महासंघको मधेश प्रदेश कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । 21 सदस्य प्रदेश समितिका लागि मनोनयन भएको हो । अध्यक्ष पदमा नवल किशोर यादव ,अबधेश कुमार झा,श्याम बञ्जारा गरी तिन जनाको उम्मेदवारी परेको हो ।त्यसतै उपाध्यक्ष पदमा चार जना, उपाध्यक्ष (महिला) पदमा तीन जनाकाे उमेदवारी परेकाे हाे।नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका छन् । मंसिर २८ गतेका लागि तोकिएको निर्वाचनका लागि महासंघकाे कार्यालयमा मनोनयन दर्ता गरिएको हो । यसअघि पत्रकार महासंघको चुनाव २०७७ चैतमा भएको थियो । त्यसबेला मधेस प्रदेश काे कार्य समितिमा नबल किशोर यादवलाई हराउँदै राजेश कर्ण अध्यक्ष निर्वाचित भएका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: