जनकपुरधाम- धनुषा र महोत्तरी
जिल्लामा गहुँखेतीका लागि डीएपी
मल अभाव भएको छ । कृषि सामग्री
कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ
कर्पोरेशन लिमिटेड जनकपुरधामको
कार्यालयमा मौज्दात डीएपी मल
खपत भइसकेको छ । दुवै कार्यालयबाट
पहिलो चरणमा प्राप्त डिएपी मल
बिक्री भइसकेको कृषि सामग्री
कम्पनी लिमिटेड जनकपुरका निमित्त
प्रमुख वेचनकुमार साहले जानकारी
दिए । पहिलो चरणमा धनुषामा सात
सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६
मेट्रिकटन डिएपी मल बिक्री भइसकेको छ । कृषि ज्ञान
केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी
संस्थाहरू मार्फत किसानलाई बिक्री गरिसकेको निमित्त
प्रमुख साहले बताए ।
हाल यी दुई जिल्लामा गहुँखेतीका लागि थप
पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेको
जनाइएको छ। थप डीएपी मल माग गरिएपनि प्राप्त
नभएको प्रमुख साहले बताए । अन्तर्राष्ट्रियस्तरमा
डलरको मूल्य बढेकाले ठेकेदार कम्पनीले ढुवानी गर्न
नसक्दा मल अभाव भएको उनको भनाई छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन जनकपुरमा पनि डिएपी
मल मौज्दात नरहेको कार्यालय प्रमुख शुभनारायण
साहले जानकारी दिए । उनले भने, ‘हामीसँग युरिया
मल मौज्दात छ, तर डिएपी छैन ।’ ती दुवै जिल्लाका
किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडले ७०
प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल
बिक्री वितरण गर्दै आएको छ ।
धनुषामा ३३ हजार पाँचसय हेक्टर जमिनमा
गहुँखेती हुँदै आएको छ । उक्त क्षेत्रफलमा भएको
खेतीबाट एक लाख पाँच सय मेट्रिकटन गहुँ उत्पादन
हुने गरेको कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी
प्रदीप यादवले बताए ।प्रभाब दैनिक

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको