प्याब्सन धनुषाको अध्यक्षमा नवल यादव चयन भएका छन् । धनुषाको जिल्लाकाे दशौँ जिल्ला अधिवेशन मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राजनन्दन मण्डल तथा प्याप्सन केन्द्रीय कमिटीका उपाध्यक्ष टिआर ढकाल तथा महासचिव आर.बी. कटवालकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएकाे छ । आज महेन्द्रनगरको बिएनबी पार्टी प्यालेसमा भएको धनुषा जिल्ला प्याप्सनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष राजकुमार कर्मचारी उपाध्यक्ष दिवाकर झा, कोषाध्यक्ष पदमा श्रवण कुमार महताे, सहसचिव बिमलेश पासवान र सहकोषाध्यक्ष रामपुकार ठाकुर निर्विरोध निर्वाचित भए ।

अध्यक्ष र सचिवमा निर्वाचनको माध्यमबाट अध्यक्षमा नवल यादवले ७६ मत र सचिवमा नारायण बास्तोलाले ५७ मत ल्याएर निर्वाचित भएका छन। अध्यक्षमा नवल यादवको निकटतम प्रतिद्वन्दी संजीवकुमार यादवले ३७ मत प्राप्त गरेका छन् । सचिवका प्रतिद्वन्दी रामपुकार यादवले ५६ मत प्राप्त गरेका थिए। धनुषा जिल्ला भरिमा प्याप्सन आबद्ध जम्मा २०१ संस्थागत विद्यालय छन्। जसमध्ये यस अधिवेशनमा १२८ वटा विद्यालयले भाग लिएका थिए। निर्वाचनमा १२८ मध्ये ११५ मत झरेका थिए भने ११५ मतमध्ये २ मत बदर गएको थियो।
निर्वाचन कमिटीको जिम्मेवारी केन्द्रीय सदस्य नरेन्द्र शर्मा प्याप्सन मधेस प्रदेश उपाध्यक्ष जगदीश प्रसाद सिंह र प्रदेश प्याप्सन सचिव गणेश कुमार शाहज्यूले पाउनुभएको थियो। अतिथिज्यूहरूबाट संस्थागत विद्यालयहरूको समस्या तथा दिनदिनै खस्किँदै गएको शिक्षाको गुणस्तर लगायत छात्रवृत्ति का समस्याहरू विशेष मन्तव्य राखेका थिए।

समिति प्रमुख राजनन्दन मण्डलज्यूले नेपालबाट विदेश पलायन भइरहेको विद्यार्थीहरूको बारेमा दुःख व्यक्त गरेका थिए र यसरी विदेश प्लान भइरहेका विद्यार्थीहरुलाई नेपालमै गुणस्तरीय शिक्षा व्यवस्थापन गर्न संस्थागत विद्यालयहरुलाई समेत ध्यानाकर्षण गराएका थिए। साथै संस्थागत विद्यालयहरुले समेत प्राविधिक शिक्षा पाउनुपर्ने कुरामा जोड दिएका थिए।संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सरकारले गरेको सौतेली व्यवहार सम्बन्धमा पनि मन्तव्य राखेका थिए। साथै निर्वाचन प्रमुख नरेन्द्र शर्मा ज्यूले आफ्नै संगठनको प्रति चुनाव गराउनुपरेकोमा आफूलाई अति नै अप्ठ्यारो लागेको जानकारी गराउनु भएको थियो।
निर्वाचन कमिटी सदस्य गणेश शाहले निर्वाचन गराउनु बाध्यता भएको बताए । उहाँले याे हाम्रो जिम्मेवारी पनि भएकोले जिम्मेवारी मात्र पूरा गरेको निर्वाचन पश्चात निर्वाचित पदाधिकारी ले सम्पूर्ण सदस्य विद्यालयहरुलाई एकत्रित गरेर संस्थागत विद्यालयको विकास वृद्धि गर्नेछ भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए। निर्वाचित नयाँ पदाधिकारीहरूलाई पूर्व अध्यक्ष महेश मण्डल, विश्वलाल सिंह र विनोद यादवले सफल कार्यकालको शुभकामना दिएका थिएका छन्। अधिवेशनको खुलासात्र पौष ६ गते जनकपुरको ७ स्टार होटलमा सम्पन्न भएको थियो, जसमा सहमति नभएपछि निर्वाचनको लागि १२ गतेको समय तोकिएको थियो।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको