सिरहा
प्रेस चौतारी नेपाल, सिराहा शाखाको २०८१ माघ २४ गते सिरहाको चोहर्वामा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा शिव कुमार साह, उपाध्यक्ष- फिरोज सिद्दिकी र यमुना खनाल, सचिवमा सुरेश राय, सह-सचिवमा विजय साह र रंजिता कुमारी सिंह, कोषाध्यक्षमा रुनकेस कामती चयन भएका छन्। यस्तै, सदस्यहरुमा बिन्दे यादव, प्रदीप यादव, सुनिता मगराती, हरिननाथ यादव, महिन्द्र मंण्डल र ओमप्रकाश गुप्ता चयन भएका छन् ।

कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमाले मधेश प्रदेश ईन्चार्ज एवं पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ,विशिष्ट अतिथि रामआैतार यादव,अतिथिमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष नविन यादव,प्रेस चाैतारी नेपाल केन्द्रीय महासचिव तथा नेपाल पत्रकार महासंघकाे केन्द्रीय सचिव हिरा लामा,लेखा समितिको संयाेजक केसी लामिछाने,नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा,चाैतारी केन्द्रीय सदस्य अच्युत पाैड्याल गाेलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठकाे उपस्थिति रहेको थियोे ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको