जनकपुरधाम
महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा नेपाल सरकारले विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिकाको विकास निर्माण कार्य, आर्थिक प्रशासन तथा दैनिक सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ।
पालिकाको नियमित प्रशासनिक तथा वित्तीय कार्य प्रभावित भएपछि भंगहा नगरपालिकाका प्रमुख सञ्जीव कुमार साहले विरोधस्वरूप नगरपालिकाका सबै शाखा तथा सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

त्यसपछि उनी जिल्ला प्रशासन कार्यालय, महोत्तरी पुगेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई सबै कार्यालयका साँचो बुझाएका छन्।

नगर प्रमुख साहका अनुसार, प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका सेवा प्रवाह ठप्प भएको छ। “हामीले पटकपटक सरकारसँग प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गर्यौं, तर अहिलेसम्म कुनै पहल भएको छैन। जनताका समस्या बढिरहेका छन्, त्यसैले हामी बाध्य भएर तालाबन्दी गर्नुपर्यो,” उनले भने।

नगरपालिकाका स्थानीयहरू तथा सेवाग्राहीहरूले समेत प्रमुख प्रशासकीय अधिकृतको अभावमा दैनिक कामकाज ठप्प हुँदा आक्रोश व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकायलाई तत्काल समाधान खोज्न आग्रह गरेका छन्

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको