शिव कुमार शाह
गाेषगाेलबजार/ फाल्गुन १९ सिरहाको गाेलबजार नगरपालिका वडा नं ४ मा रहेको रामप्रताप रामप्रसाद तमाङ्ग जनता बहुमुखी क्याम्पसकाे आयोजनामा आज नेकपा एमाले मधेश प्रदेश ईन्चार्ज तथा पूर्व कानुन मन्त्री माननिय लिलानथ श्रेष्ठको प्रमुख अतिथ्यमा ५ वर्षे कार्यायाेजना निर्माण गाेष्ठी तथा विविध विषयमा दर्जनौं सराेकारवलाहरुसँग वृहत् छलफल गरेको छन् ।
कार्यक्रममा विभिन्न वाक्तहरुलेे आआफ्नो सुझाव व्यक्त गरेका थिए । वाक्ताहरुले क्याम्पस प्रमुख किशोर कुमार साहले यस्तो भव्यरुपमा महाेत्तरीकाे बर्दिबास स्थित हाेटल गुन्जामा दिनभरि केन्द्रीत भएर कार्ययोजना निर्माण सम्बन्धि विज्ञहरुबाट सल्लाह सुझाव लिएकाे कामकाजकाे प्रशंसा सहभागीहरुले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व कानुन मन्त्री संघीय सांसद श्रेष्ठ,प्रदेश सांसद मनाेज सिंह एवं गाेलवजार नगरपालिका नगर प्रमुख श्याम श्रेष्ठले क्याम्पसकाे चाैतर्फि प्रगति र समृद्धिका लागि आफुहरु रतिभर पछि नहट्ने जानकारी गराउनु भयो । यसकाे विकासका लागि निरन्तर सहयोग गरिरहने बाचा व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको