शिव कुमार शाह फाल्गुन २२/२०८१सिरहा सिरहाको लहान नगरपालिका वडा नं ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता माध्यामिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको शुभ अवसरमा स्वर्ण जयन्ती समारोह भव्यरुपमा आयोजना गर्ने भएको छ। विसं २०३१ मा स्थापित विद्यालयको स्वर्ण जयन्ती कार्यक्रम फागुन २४ गते शनिबार विद्यालय प्राङ्गणमा हुने विद्यालय व्यवस्थापन समितिले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर कुमार कुशवाहाका अनुसार हाल विद्यालयमा करिब दुई हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शनिबार हुने समारोहको तयारी अन्तिम चरणमा पुगेको र करिब तीन हजारभन्दा बढीको जनसहभागिता रहने जनाएको छ ।विद्यालयका लेखा प्रशासन प्रमुख श्यामसुन्दर महतोकाे अनुसार कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह रहने तय भएको छ। प्रमुख अतिथिबाट विद्यालयका संस्थापक दाता स्व. लक्ष्मण मेहताको सालिक अनावरण गरिनेछ। कार्यक्रमको क्रममा सांस्कृतिक झाँक्री नृत्य प्रस्तुत गरिनेछ भने समाजसेवी, संस्थापक तथा विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ। विद्यालय प्राङ्गणलाई हराभरा बनाउने, रङरोगन गर्ने तथा सरसफाइकाे कार्यहरू अन्तिम चरणमा पुगेकाे छ । सलाबलियो बनाउन विशेष तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ। नेपाली तथा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयको स्वर्ण जयन्ती समारोह शनिबार बिहान १० बजेबाट निर्धारित समयमा सुरु हुने प्र.अ. शिव शंकर महतोले जानकारी दिनु भएकाे छ । लेखा प्रशासन प्रमुख श्याम कुमार महताे भन्नुहुन्छ याे विद्यालय मदेश प्रदेशकै नमुना बनाउन हामीले दाता परिवार लगायत सम्पूर्ण शिक्षक टिमले मेहनत गरिरहेकाे कारण आज विद्यालय चर्चामा आएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: