शिव कुमार शाह
लहान चैत १
गापा लक्ष्मीपुर पतारी वडा नं १ को निवर्तमान वडा अध्यक्ष मनिकलाल यादवको नेतृत्वमा दर्जनौं स्थानीय बासिन्दाद्वार गापा अध्यक्ष लाई ज्ञापनपत्र बुझाउँदै स्थानीय वासिन्दाहरु भन्नुहुन्छ नेपाली काँग्रेसका केही स्थानीय नेताहरुले दादागिरी शैलीमा गरिब जनतालाई धमकाएर पद र सत्ताकाे दुरुपयोग गर्नु सरासर गल्त हाे । बाटोकाे मापदण्ड विपरीत त्रिभूज अकारकाे बाटो ढलान गराउन प्रहरी प्रशासनबाट बल प्रयोग गरेको कारण अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको छ । यससम्बन्धी वडा अध्यक्ष पर्शुराम मण्डलसंग कुरागर्न खाेजदा गैरजिम्मेवारी तवरले पन्छिएकाे छ । जसले गर्दा स्थानीय बासिन्दा झन आक्राेशित भएका छन् ।
गापा अध्यक्ष चतुरानन्द ठाकुरले ज्ञापनपत्र बुझ्दै अन्यायमा परेकालाई सात दिनभित्र न्याई दिलाउने अश्वासन दिनुभएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको