चैत्र ३, आईतवार लहान / सिरहाको लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियु ने.क.पा.एमाले निकटका उम्मेदवारलाई विजय गराउन एमाले नेताहरू सक्रिय भएका छन्। सभापति पदका उम्मेदवार मनिष चौधरी र सचिव पदका उम्मेदवार सन्तोष यादव सहितको प्यानललाई अत्यधिक मतले जिताउन नेकपा एमालेका नेताहरूले अभियान तीव्र बनाएका छन्।एमाले मधेश प्रदेश कमिटीका सदस्य नेता रामनारायण मेहता, सुमेश यादव, निवर्तमान मधेश प्रदेश सांसद अशोक यादव, कमल यादव, पूर्व क्याम्पस सभापति दिपेन्द्र चाैधरी,लहान नगर अध्यक्ष राज कुमार साह तथा विद्यार्थी नेता लक्ष्मिनारायण यादव सक्रिय रूपमा चुनावी अभियानमा जुटेका छन्। नेताहरूले अनेरास्ववियुका उम्मेदवारहरूलाई वामपन्थी राजनीति, लोकतान्त्रिक गणतन्त्र र संघीयताको रक्षा गर्न अत्यधिक मतले विजयी गराउनुपर्ने बताएका छन्। उनीहरूले यस पटक अनेरास्ववियुको जित सुनिश्चित रहेको दाबीसमेत गरेका छन्। स्ववियु निर्वाचन नजिकिँदै जाँदा विद्यार्थी संगठनहरू चुनावी प्रचारमा सक्रिय छन्। क्याम्पसमा विद्यार्थी राजनीतिक माहोल तातेको छ भने स्ववियु निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन प्रशासनले आवश्यक तयारी गरिरहेका छन् । यहिले जिल्लाकाे प्रत्येक चाैक चाैराहामा क्याम्पसकाे चुनावको चर्चा भईरहेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: