धनुषा, ०८१ चैत ४ गते । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनमा यादवचौकको विषयमा विवादमा प्रहरीको गोली लागेर घाइते भएका युवालाई काठमाण्डौं रेफर गरिएको छ । जातिय नामले चौकको नामाकरण गरेपछि स्थानियहरुविच झडप भएको थियो । बढेको विवादमा प्रहरीमाथि पथ्थरबाजी भएपछि प्रहरीले जवाफी कारवाही गर्दा शहिदनगरपालिका–१ कुम्भकर्ण घर भई सवैलामा पथ्थरबाजी गर्न आएका संतोष यादवको मलद्धारमा गोली लागेर हो । प्रहरीले चलाएको गोली यादवको मलद्धारमाा लागेर गम्भिर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । जनकपुरमा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको छ । यता, सबैला नगरपालिकाका मेयर कारीराम यादवले एक विज्ञप्ति जारी गर्दै भठिहनमा सामाजिक सदभाव हुने गरि चोकको नामाकरण गरिने बताएका छन् । सबैला नगरपालिका वडा नम्बर ९ स्थित केही व्यक्तिहरुले यादवचोक लेखेर बोर्ड लगाएपछि अन्य समुदायविच झडप भएको हो । मेयर यादवले विवादलाई साम्य पार्न चाडै सामाजिक सदभाव कायम रहने गरि सवैलाई मान्य हुने गरि चोकको नामाकरण गरिने बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: