लहान चैत्र ८/

सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालयमा तानिएको छ ।
सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
स्रोतका अनुसार सिराहाकाे आैरहि गाउँ पालिकाका दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको विषय उठेपछि प्रजिअलाई मन्त्रालय तानेको हो।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सभामुखको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन साथै दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको