लहान चैत्र १७ /
सिरहाको धनगढीमाई न.पा.१० धनगढीको प्राकृतिक अस्पतालमा शनिबार कनौजिया तेली समाज नेपाल केन्द्रिय कार्यालय लहान सिरहाको तेश्रो महाअधिवेशन सम्पन्न भएकाे छ।
सिरहाको धनगढीमाई न.पा.१० धनगढीको प्राकृतिक अस्पतालमा शनिबार कनौजिया तेली समाज नेपाल केन्द्रिय कार्यालय लहान सिरहाको तेश्रो महाअधिवेशन समाजका अध्यक्ष उपेन्द्र प्रसाद साहको अध्यक्षता र धनगढीमाई न.पा. १० का वाडा अध्यक्ष सरोज कुमार महतोको प्रमुख आतिथ्य धनगढीमाई न.पा. ३ का वाडाका वाडा अध्यक्ष बिरेन्द्र प्रसाद साह प्रेस चौतारी नेपाल एवं बैश्य समाज नेपालका सिरहा जिल्ला अध्यक्ष शिव कुमार साह, जे. एस. मुरारका बहुमुखी क्याम्पस लहानका प्रिन्सिपल सुमन साह,पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ सिरहा जिल्ला अध्यक्ष संतोष कुमार साहको बिशिष्ठ आतिथित्य, विभिन्न क्षेत्रका अनुभवी अगुवा अतिथि तथा समाजका सदस्यहरुको उपस्थितिमा आगामी कार्यकालका लागि पुनः उपेन्द प्रसाद साहको नेतृत्वमा, प्रथम उपाध्यक्ष शुभ नारायण साह, द्धतिय उपाध्यक्ष कविता कुमारी साह, महासचिव संतोष प्रसाद साह, सचिव श्रीराम साह, कोषाध्यक्ष शकुन्तला देवी साह, सदस्यहरुमा राज कुमार साह, बिरेन्द्र प्रसाद साह, जीवन साह, प्रदिप काह र जय प्रकाश साह गरि जम्मा ११ सदस्य केन्द्रिय कार्यसमिति सर्वसम्मत छनाैट भएको छ। भने सल्लाहकार समितिमा सोभित साहको संयोजकत्वमा ७ सदस्य सल्लाहकार समिति चयन भएका छन् जसमा क्रमश विनो कुमार साहको संयोजकत्वमा ३ सदस्य शिक्षा उपसमिति सहित उक्त महाअधिवेशन कुर्वा हनुमाननगर समाजका आर्थिक सहयोगमा सम्पन्न गरिएको हुदाँ सम्पूर्णमा यस समाजद्धारा हार्दिक धन्यवाद अध्यक्ष साहले व्यक्त गरेको थियो सथै यस समाजका जेष्ठ नगरिक र जेहेन्दार छात्र छात्राहरुलाई सम्मानका साथ प्रसंशा पत्र प्रदान गरेकाे कुरा गंगा साहले जानकारी गराउनु भएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको