जनकपुरधाम ।
मिथिलाञ्चलसहित तराई-मधेशमा वर्षको अन्तिम महिनामा मनाइँने चैती छठ शुरु भएको छ । चैत शुक्लपक्ष चतुर्थी तिथिबाट नहाय
खाय गरेर शुरु भएको चैती छठ अन्तर्गत बुधवार
खरना विधि सम्पन्न भएको छ ।चैत महिनाको छठ गर्ने व्रतीहरूले बुधबार दिनभर निराहार बसेर साँझको समयमा मिठाकोखीर, पुरी, ठकुवा, रोटी, केरालगायतका विभिन्न
परिकारहरू तयार पारेर घरको आँगन वा देवताककाे घरमा गाईको गोवरले लिपपोत गरेर तयार पारेको

Oplus_131072

चोखो ठाउँमा छठी मैया आह्वान गरेर केराको पातमा
प्रसाद छठी मैयालाई अर्पण गर्ने परम्परा रहेको छ ।
छठी मैयालाई अर्पण गरेको प्रसाद सहितका
सामग्रीहरू सर्वसाधारणलाई वितरण गरी व्रतालुले
आफै पनि नुन रहित खरना खाने चलन रहेको छ ।बुधबार खरना गरेका व्रतालुहरूले षष्ठी तथा सप्तमी
तिथिको बिहानको अर्घ सम्पन्न नभएसम्म जल पनि
ग्रहण नगरेर व्रत बस्नुपर्छ ।
चैती छठ अन्तर्गत चोखो ठाउँ तथा भाडा
वर्तनको प्रयोग गरेर घरमा नै तयार पारिएको ठकुवा,
भुसवा, उखु, नरीवल, अदुवा, बेसार, केरालगायतका
फलफूलहरू टपरी, डगरी, कुरुवार, ढकना सहितका
वर्तनहरूमा राखेर छिट्टीमा राखेर घर नजदिकको
पोखरी, तलाउ, नदी, सरोवरलगायतको ठाउँमा पुगेर
अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिने गरिन्छ ।
त्यसको दोस्रो दिन सो प्रसाद सामग्रीहरूलाई नै
सूर्यको उदाउँदो स्वरूपलाई एक एक गरेर अर्पण गरी
छठसम्बन्धी कथा सुनेर पर्वको समापन गरिन्छ। छठ
पर्व गर्नाले परिवार जनमा शान्ति, समृद्धि, पुत्र प्राप्ति,
पुत्रको दीर्घ जीवन चर्म रोग निको हुने वा नलाग्ने
धार्मिक विश्वास रहेको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको