शिव कुमार शाह लहान चैत्र २५/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला अधिवेशन २०८१ साल चैत २६, २७ र २८ गते हुने भएको छ। अधिवेशनको अवसरमा एक विशेष भव्य खुला आमसभा सिरहास्थित श्री सूर्य नारायण सत्य नारायण मोरवैता यादव बहुमुखी क्याम्पसको मैदानमा आयोजना गरिने भएको छ । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा पार्टीका श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले आमसभालाई सम्बोधन गर्नुहुनेछ आमसभा ११:०० बजे सुरु हुने जनाइएको छ। अधिवेशनले पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीतिहरूको निर्धारणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। जिल्लाभरिबाट करिव ५५ हजार कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहने र यसमा हजारौंको संख्यामा विभिन्न पार्टी प्रतियाग गरि नेकपा एमालेमा प्रवेश हुने कुरा पार्टीका मधेश प्रदेश ईन्चार्ज पुर्व मन्त्री लिलानाथ श्रेष्ठले जानकारी गराउनु भएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: