शिव कुमार शाह चैत्र ३० नेकपा एमालेकाे सिरहा जिल्ला अधिवेशनबाट अध्यक्षमा शोक कुमार यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ पाँचौ दिनकाे लगातार प्रयासले यादवको नेतृत्वमा सर्वसम्मत रुपमा १३५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपाध्यक्षमा डा. नवीन कुमार यादव, सचिवमा प्रदीप महासेठ, उपसचिवमा शिवशंकर महतो र खेमलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।अध्यक्ष यादव मधेश प्रदेशका पूर्वसांसद हुनुहुन्छ । उपाध्यक्ष निर्वाचित डा. नवीन सिरहा नगरपालिकाकाे मेयर हुनुहुन्छ । यस्तै सह-सचिव महतो धनगढीमाई नगरपालिकाका मेयर हुनुहुन्छ । सदस्यमा कमल यादव,विशाल साह, देवनारायण साह,सविता महताे,विजय साह, लगायतका कार्यसमिति चयन भएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: