लहान बैशाख ६/ सिरहाको गाेलबजार नगरपालिका वडा नं १३ काे वडाकार्यलय नजिकै कृषि हाट बजारकाे लागि निर्माण गरेको टहरा शुक्रबार साँझ अचानक भत्काएर हाट बजारलाई प्रभावित पार्नेगरी साँग्राे जग्गामा स्वास्थ चाैकि निर्माण गर्न लागेपछि स्थानीय बासिन्दा र साेहि वडाका जन प्रतिनिधि आक्राेस ब्यक्त गरेका छन् । जन प्रतिनिधि सुरेन्द्र यादव भन्नुहुन्छ वडा अध्यक्षले कमिसन खाने लाेभमा विना सार्वजनिक सूचना काटेर चुपचाप आफ्नो आसे पासेलाई उपभोक्त समितिमा राखेर लाखौंको रकम कुम्ल्याउने दावमा रहेको छ । आफु जनप्रतिनिधि भएपनि अध्यक्षले केहि जानकारी दिदैन माेनाेपाेली तवरले पटकपटक विभिन्न गुणस्तरहिन निर्माणका कामहरु गरिहेका छन् । स्वास्थ चाैकीकाे लागि हामीले दुई कठ्ठा देखि पाँच कठ्ठासम जग्गा उपलब्ध गराउन त्यार छाैं,जसमा सुविधा सम्पन्न स्वास्थ चाैकि निर्माण गरेर जनतालाई सेवा प्रदान गर्न सजिलो हुन्छ । तर अध्यक्षले कमिसनको लाेभमा यस्तो गर्न लागेको गुनासो व्यक्त गरेको छ । स्थानीय यूवाहरु भन्नुहुन्छ याे क्षेत्रमा करिव ९० प्रतिशत किसानहरु बसाेबास गरिरहेका छन् । यहाँको मूख्य आमदानीका स्राेत नगदे वालिकाेरुपमा साग,तरकारी लगायत विभिन्न समानहरु किसानहरु साे ठाउँमा बेच्ने गरेका थिए । र आफ्नो आवश्यकता टार्ने गरेका थिए । त्यसलाई झन् व्यवस्थापन गर्नुको सट्टा भएको निर्माण संरचना ताेडेर किसान बिराेधि काम वडा अध्यक्षले गरेको गुणासाे व्यक्त गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: