लहान बैशाख ७/

सिरहाको लहान नगरपालिकाबाट विगत करिब एक वर्षदेखि संचालनमा रहेको दस्तक खबर प्रालिले आज विधिबतरुपमा पुजापाठ गरी प्रमुख अतिथिकोरुपमा रहेको नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनाेज बनैता यादवद्वारा उद्घाटन गरेको छ ।
कार्यक्रममा प्रेस चाैतारी निवर्तमान केन्द्रीय सदस्य राम भराेशि महताे,प्रेस सेन्टर मधेश प्रदेश महासचिव जिबछ यादव,प्रेस चाैतारी नेपाल सिरहा जिल्ला अध्यक्ष शिव कुमार शाह,प्रेस यूनियन नेपाल जिल्ला अध्यक्ष निर्माला दहाल,प्रेस मंच नेपालकाे सिरहा जिल्ला अध्यक्ष महेश सिंह,समृद्धि पथ दैनिककाे सम्पादक प्रकाशक फिराेज सिद्धिकी,तराई मधेश मिडिया प्रालिको संचालक आशानन्द यादव,पत्रकार विवेक परियार,शम्भु चाैधरी लगायतका दर्जनौं पत्रकारहरुका उपस्थिति रहेका थिए । कार्यक्रममा पत्रकार जिवछ यादवले पत्रकारको हकहितका लागि सरकारले हालसम्म ठाेस निर्णय लिन नसकेको त्यसकारण पत्रकारीता गरेर जिबन धान्न कठिनाइ हुने जनाउनु भयो । पत्रकार राम भाराेशि महताेले पत्रकारहरु ईमानदार भएर कलम चलाएपछि मात्र समाजमा भएका विकृति अन्त हुनेमा जाेड दिनुभएकाे थियो । पत्रकार निर्माला दहालले पत्रकारीतामा महिलाको सहभागीता बढाउन सबै मिडियाका साथीहरू महिला पत्रकार उत्पादनमा जाेडदिनु पर्ने जनाउनु भयो । सभापति यादवले यस जिल्लाका पत्रकारहरुका गुणात्मक विकासका लागि महासंघ हलपल हकहितमा काम गरिरहने जनाउनु भयो । कार्यक्रममा पत्रकार एवं ग्लाेवल एकेडेमी सेकेन्ड्रि स्कुल लहान- २ का संस्थापक शिव कुमार शाहले एकेडेमी १५ वर्ष पारगरी १६ वर्षमा प्रवेश गरेको पावन शुभ अवसरमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता नारालाई ईमानदारी साथ पाल्ना गर्ने बचन सहित पत्रकारहरुका छाेरा छाेरीलाई न्यूनतम शुल्कमा साठी प्रतिशत छात्रवृत्ति नर्सरी देखि कक्षा १० सम्म दिने घाेषना गरेको थियो । जसबाट महासंघका अध्यक्ष लगायत सम्पूर्ण पत्रकारहरूले एकेडेमीका संचालक कंचन शाह र शिव कुमार शाहलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमकाे समापन खबरका संचालक विजय साहले गरेको थियोे भन्ने संचालन पत्रकार विवेक परियारले गरेको थियोे ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको