काठमाडौँ । ६० केजी सुन तस्करीको रकम भुक्तानीमा शंकास्पद भूमिका देखिएको दुई वटा डिटिजल वालेट कम्पनीले अर्बौँ अवैध रकमलाई ‘आन्तरिक हुन्डी’ मार्फत वैध बनाएको भेटिएको छ ।
सीआईबीले गरेको छ । उनीहरू सबैज रेमिट कम्पनी सञ्चालक हुन् ।
नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स बन्द गर्न निर्देशिका जारी गरे पनि रेमिट कम्पनीहरूले दुईवटा वालेटको बैंक खातामा अवैध रकम डिपोजिट गरेर त्यसलाई बैंकिङ च्यानलमा ल्याएका हुन् । त्यसमा संलग्न २१ जनालाई पक्राउ गरिएको सीआईबीका एसपी सुधिर राज शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘आरोपीहरूले राष्ट्र बैंकले बन्देज गरेको आन्तरिक रेमिट्यान्समार्फत १७ अर्ब ८६ करोड कारोबार गरेका हुन् ।’
आन्तरिक रेमिट्यान्स रोकेर राष्ट्रबैंकले बैंक वा अनलाइन माध्यमबाट रकम ट्रान्सफर गर्ने सुविधा दिएको छ । तर, उनीहरूले अवैध रकमलाई वैध बनाउन डिजिटल वालेटको बैंक खातामा रकम जम्मा गरेर सो रकम रेमिट्यान्स कम्पनीको खातामा ल्याएर भुक्तानी दिएका हुन् ।
सीआईबीका प्रवक्ता शाही भन्छन्, ‘भन्सार चोरी, सुनको अवैध कारोबार र कर छली गरेर आर्जन गरेको रकम उनीहरूले बैंकिङ्ग प्रणालीमा ल्याएको देखिन्छ ।’
अवैध कारोबारबाट आर्जित रकम आरोपीहरूले डिजीटल वालेटले सञ्चालन गरेको बैंक खातामा जम्मा गर्छन् । त्यसपछि पेवेल र सजिलो पे मा लोड गरेर पुनः रेमिट कम्पनीहरूको बैंक खातामा ल्याएर काठमाडौं उपत्यका र बाहिर भुक्तानी दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । एसपी शाही भन्छन्, ‘बाह्य रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका २१ वटा मनि ट्रान्सफर कम्पनी यस्तो गतिविधिकमा संलग्न देखिएका छन् ।’
पक्राउ परेकाहरूविरुद्ध सीआईबीले राष्ट्र बैंक ऐन–२०५८ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ ।
डिजिटल वालेटको दुरुपयोग गरेर पक्राउ परेका रेमिट्यान्स सञ्चालकहरूः
१. विरेन्द्र शाह, डिएस ट्रेडर्स तथा रेमिट्यान्स मोरङ
२. दिपेन्द्र प्रसाद शाह, डिएस ट्रेडर्स तथा रेमिट्यान्स मोरङ
३. श्रवण कुमार शाह, दिपज्योति ट्रेडर्स महोत्तरी
४. तारालाल यादव, रिया ट्रेडर्स सप्तरी
५. हरेराम महतो, आनन्द ट्रेडर्स सर्लाही
६. निरोज कुमार महतो, न्यु सन्ध्या इन्टरप्राइजेज धुनषा ।
७. अलिता देवी महतो, अलिता मनि ट्रान्सफर धनुषा
८. प्रकाश सिंह, अलिता मनि ट्रान्सफर धनुषा
९. अरुण कुमार शाह, श्री एन्जल इन्टरप्राइजेज धनुषा
१०. प्रदिप कुमार शाह, आर एण्ड आर सव रेमिट प्रालि पर्सा ।
११. संजिव कुमार महतो, जय मा जानकी मनि ट्रान्सफर धनुषा
१२. राज कमल लोनिया, पुजा सप्लायर्स नवलपरासी ।
१३. भिम कुमारी गुरुङ, टासी ट्राभल्स एण्ड टुर्स नवलपरासी
१४. राम बिलास साह तेली, शिवम इन्टरप्राइजेज सप्तरी ।
१५. ममता कुमारी साह, शिवम इन्टरप्राइजेज सप्तरी ।
१६. बिकर्ण जंग राण, सस्भिका मनि ट्रान्सफर पर्सा
१७. गणपती पाण्डे, गोल्डेन स्काइ टुर्स एण्ड ट्राभल्स नवलपरासी ।
१८. सलमा खातुन, खुसी मनी ट्रान्सफर बिरगञ्ज
१९. शुसिला कुमारी शाहु, राधिका ट्रेडर्स सप्तरी
२०. गोविन्द प्रसाद आचार्य, हिमालयन मनि ट्रान्सफर चितवन
२१. शम्भु मेहता, सगरमाथा रेमिट्यान्स सप्तरी ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: