लहान जेठ १५ ।
सिरहाको लहान नगरपालिका वडा नं -३ हाेस्पिटल चौकस्थित अत्याधुनिक फैमली डेन्टल क्लिनिक आजदेखि सञ्चालनमा आएको छ।


लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले फैमली डेन्टल क्लिनिकको रिबन काटेर विधिवतरुपमा उद्घाटन गरेकाे छ। नगर प्रमुख चौधरीले रिबन काट्दै भने -“लहानमा आधा दर्जन भन्दा बढी डेन्टल क्लिनिकहरु छन् ।” त्यसमध्ये फैमली डेन्टल अरु भन्दा गुणस्तरीयता कायम गर्न सफल हाेस् । साथै बिरामीको मन जितोस् , सर्व-सुलभ रुपमा बिरामीको चाहना अनुरुप सेवाप्रदान दिन सफल हुनेछ भनि शुभकामना दिएको थियोे । फैमली डेन्टल क्लिनिकका सञ्चालक डा. मो. अफ्रोज वि.डि.एस , बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( घोपा क्याम्प ) धरानबाट पढेर आफ्नो गाउँठाउँमा सेवा प्रदान गर्ने ईच्छुक भएका छन् । डा. अफ्रोज भन्नुहुन्छ हामीले सेवाग्राहीलाई दाँत, मुख, तथा गिजा जाँच गराउन आउँदा २०% देखि ३०% सम्मको छुटसहितको गुणस्तरीय सेवा प्रदान गरिने बताउनुभयो । क्लिनिक उद्घाटन कार्यक्रममा उल्लेखनीय स्थानीय बौद्धिक स्तरका व्यक्तित्व तथा लहानका डाक्टरहरु लगायतविभिन्न मिडियाका सञ्चारकर्मीहरुका उपस्थिति रहेकाे थियोे ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको