लहान असार १० – लहान नगरपालिका वडा नं २ मा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले तीन जनालाई पक्राउ गरेको छ। बिवेक यादवको घरमा छापा मार्दा खैरो हिरोइन जस्तो देखिने १७.४९ ग्राम पदार्थ, डिजिटल तराजु र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा लहान–२ का २३ वर्षीय बिवेक यादव, लहान–१ का ३० वर्षीय सुरेश साह र लहान–२ का २७ वर्षीय राजकुमार विश्वकर्मा छन्। उनीहरूलाई पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: