लक्ष्मीपुर पतारी असार/९
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा आन्दोलित विपक्षी दल नेकपा एमालेका नेताहरु शुक्रबार जिल्ला प्रशासन कार्यलय सिराहा पुगेका छन।
नेकपा एमाले पालिका इन्चार्ज नेता देवनारायण साहका अनुसार बुधबार गाउँपालिकामा आन्दोलनरत रहदा तानाशाही प्रवृत्ति भएका अध्यक्ष चतुरा नन्द ठाकुर र कार्यालय प्रमुख अशाेक सिंह गाउँपालिका कार्यलय बाट भागेका छन् । कार्यालय समय बितिसक्दा ताल्चा ताेड्नु र आफु जनताका अगाडि फेस गर्न नसक्नुबाट व्यापक भ्रष्टाचारकाे गंन्ध आएको ठहर गरेको छ । भन्ने पालिका निवर्तमान अध्यक्ष नेकपा मधेश प्रदेश कमिटी सदस्य रामवल्प साह भन्नुहुन्छ ताल्चा ताेडेर अधिकृत र गापा अध्यक्ष दुबै जना गापा भन्दा बाहिर गएर कमिसनको हरहिंसाब मिलान गर्न गरेको आराेप लगाएकाे छ । यहाँ सडक निर्माण,मर्मत,समान खरिद विभिन्न गैरसरकारी सँगसंस्गाहरु सँग कमिसन लिएर दर्जनौं कार्यक्रमहरु दुईसत्तामा कागजी मिलान गरी समाप्त गरेका छन् । यसलाई ढाकछोप गर्न जालझेल
गरी गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरले प्रहरी प्रशासनको आडमा जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख सित हाम्रो पार्टीका जिल्ला अध्यक्षलाइ फोन गर्न लगाएको र जिल्ला अध्यक्ष मार्फत जिल्ला प्रशासन कार्यलयमा जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा छलफल गर्ने जानकारी आएपछि हामी संघर्षबाट पछि हटेर शुक्रबार जिल्ला प्रशासन कार्यलय गयौं।हामि त्यहाँ पुग्दा अध्यक्ष चतुरा नन्द ठाकुर फेरी त्यहाँ पनि अनुपस्थित थिए र छलफल हुने वातावरण नदेखिए पछि हामि उक्त ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा पेश गरी फर्क्यौँ।पालिका अध्यक्ष चतुरा नन्द ठाकुरको यो किसिमको गतिविधिले फेरी एक पटक नेकपा एमाले ससंकित भएको छ। अध्यक्ष चतुरा नन्द ठाकुरको यो हर्कतले कतै हाम्रो आन्दोलनलाइ कमजोर पार्ने षड्यन्त्र त होइन भन्ने विषयमा हामि गम्भीर छौ।
नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिकाका जनताको आवाज बनेर अघि बढेको छ।कुनै पनि सर्तमा हामि पछि हट्दैनौ।तानाशाही अध्यक्ष चतुरा नन्द ठाकुरलाइ घुँडा टेकाएर छाड्ने नेता साहले गर्जन सहित बताएका छन। नेपाल कम्युनिष्ट पार्टी एमाले
लक्ष्मीपुर पतारी गाउँपालिका समिती सिरहाले मिति २०८२-०४-०७गते विभिन्न माँग राखि गापामा ज्ञापनपत्र बुझाएको छ । यसमा उल्लेख गरेकाे माँगहरु यसप्रकार रहेको छ ।
सर्वप्रथम स्थायित्व, शुशासन, न्याय र समृद्धिको लागि स्वच्क्ष, सक्षम, निष्पक्ष, पारदर्श, भ्रष्टाचार मुक्त, जनउत्तरदायित्व र सहभागिता मुक्त बनाउदै सार्वजनिक सेवामा जनताको सहज र समान पहुँच शुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने स्थानिय सरकार को उद्देश्य रहेको सन्दर्भमा देश संघिय राज्य व्यवस्थामा गएको लामो समय सम्म पनी स्थानिय शासन प्रणालीका लागी स्थानिय तहको कर्मचारी प्रशासन यस गाउँ पालिकामा अस्थिरताको भुमडीमा परेको छ नेपालमा संघिय लोक तान्त्रिक गणतन्त्रको स्थापना पश्चात राज्य संरचना भई देश मा तिन तहको सरकार रहेको कुरा सर्व वितितै छ । तिन तहका सरकार मध्ये पनि जनताको जिविका सँग प्रत्यक्ष सरोकार राख्ने र जनतालाई दैनिक सेवा प्रवाह गर्ने थलोको रुपमा स्थानिय सरकारलाई लिने गरिन्छ । ति सबै स्थानीय सरकार मध्ये लक्ष्मीपुर पतारी गाउँ पालिका पनि एक हो तर हाम्रो विडम्बना लक्ष्मीपुर पतारीका त्यो स्थानीय सरकार हुनुको मर्म अनुरूप आज संचालन हुन सकिरहेको छैने । स्थानिय निर्वाचनबाट निर्वाचित गा.पा अध्यक्ष चतुरानन्द ठाकुरले र उपाध्यक्ष अमरकला यादव वाट यस पालीकाको जनताले सर्व पक्षिय विकासमा कायापलट हुने गाउँ पालिका वासीहरुले अपेक्षा गरेका थिए वास्तविक्ता व्यवहारमा त्यस्तो देखिएन गा.पा. अध्यक्षले स्थानिय सरकारको तर्फ अभिभावकत्व प्रदान गर्दै गाउँको सेवा प्रवाह लाई चुस्त दुरुस्त प्रशासकिय काम लाई छिटो छरितो आउने र विकास निर्माणका कामहरु लाई तिव्रता दिनु पर्नेमा आफ्नो जिम्मेवारी लाई नजर अन्दाज गर्दै यी सबै कामहरु गर्न सक्नु भएन । आम जनतामा स्थानिय सरकारको प्रत्याभुति हुन सकेको छैन स्थानिय सरकार ऐनले गरेको व्यवस्था बमोजिम गाउँ पालीकामा संचालन गर्ने गराउनु पर्ने कुरा हामी प्रतिपक्ष दलको हिसाव ले पटक-पटक सचेत गराउँदै, सुचनाको हक वारम्बार यस पालीकाको राजनैतिक दल तथा जनता हरुले माँग गर्दा पटकपटक आल टाल गर्दै आउनु भएको कुरा सर्ववितितै छ । तसर्थ नेकपा एमाले नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति, जनतामा निहित सार्वभौम सत्ता र लोकतात्रिक प्रणालीको लागि संचालित सामान्तवादी प्रकृति नेपाली समाजमा विधमान राजनितिक, सामाजिक, आर्थिक, संस्कृत वातावरणीय लगायत सबै प्रकारका समस्याहरुको पहिचान र तिनको समाधानका लागी अनवरत रुपमा लडिरहेको एक जिम्मेवार राजनतिक पार्टी रहेको कुरा सर्वविदितै छ यस सन्दर्भमा लक्ष्मीपुर पतारी गा.पा. का स्थानिय सरकारले २०७४, र २०७९ यता राजनैतिक प्रतिरोधकाे आधारमा गरेका तमाम विकृति र विसंगती प्रति नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँ पालिका कमिटी को गम्भीर ध्यानाकर्षण भएको छ, यस लक्ष्मीपुर पतारी गाउँपालीमा सरकारले गरेका तमाम गल्ती कमजोरीहरु लाई सच्चाउन र आम जनताप्रति उत्तरदायी हुन् नेकपा एमालेले यस अघि पनि पटकपटक सचेत, खबरदारी र ध्यानआकर्षण समेत गराए पनि सचिनुको साटो उल्टै प्रतिशोध साट्‌ने हिसाबले सन्तुलित विकासको अबधारणा विपरित मनोमानी तवरले स्थानीय सरकार संचालन गरेको अनुभूति लक्ष्मीपुर पतारी गा.पा. वासी र नेकपा एमालेलाई भएको छ। तसर्थ यस पालिका भित्र रहेका
७/२३/२०२५, दिउँसो १:२५ बजे तमाम समस्याहरुलाई यथाशिघ्र पुरा गर्न निम्नलिखित माँगहरु पेशगरेका हौं। यी मागहरु लाई यथाशिघ्र पुरागर्न जाेडदार माँग गर्दछौं। यी मागहरु यथासिघ्र पूरा नभएमा नेकपा एमाले लक्ष्मीपुर पतारी पालिका कमिटी थप जनआदोलनका कार्यक्रमहरुका साथ जनताको विचमा जान बाध्य हुनेछ र यसबाट निस्किने परिणामको जिम्मा स्वयम पालिका अध्यक्षले निनु पर्ने छ।
1. सुचनाको हक बमोजिम आर्थिक वर्ष २०७९-८०/०८१ र ०८१/०८२ सालकाे सम्पूर्ण खर्च विवरण उपलब्ध गर्न गराउन।
२. गा.पा. मा चार स्कार्पियो भडामा लिई प्रयोग गर्दै आई रहेकोले सो अभिलम्ब बन्द गर्न गराउन
3. स्थाई इन्जीनियर हुँदा हुदै करार सेवामा नियुक्ति गरी प्रविधिक इष्टिमेट मुल्यांकन गर्ने गराउने भएकोले साे अभिलम्ब बन्द गर्ने ।
गाउँ पानिकाबाट दिदै आएको वडा सिलिङ रकम कटौती नगर्न नगराउन ।
गाउँ पालिका वि.को जग्गा वगर्गीकरणमा के कस्तो वृति हुन् गएको हो सो अभिलम्ब संचियाई सम्बन्धित निकायमा पठाउनु हुन् ।
६. गत विगलमा खरिद भएको विद्युतीय ट्रांस्फमौरहरु अभिलम्ब जडान गर्न गराउन ७. यस पालिका लाई सुखा क्षेत्र घोषणा गरि अभिलम्ब खाने पानीको व्यवस्था मिलाउन ।
८. यस गाउँ पालिकामा संचालन खर्च, इन्धन माटो ग्राईशील, सिपमुलक कार्यक्रम तालिम गोस्टीमा व्यापक अनियमितता भएको ले सार्बजनिक गर्ने गराउन ।
९. पतारी पोखरी शाैन्दर्यकरण कार्यको लागि ३,१० करोड रुपैया के कति फिर्ता हुन् गएको हो सार्वजनिक गर्ने ।
१०. भाेटियाटोल नरगी खण्डको सडक खण्डको सोलीबारी सितापुर अन्तर्गत २.४ करोड लाख ठेका बन्दोबस्ती भएकोमा सी किन ठेका बंदर गरिको हो सो कुरा सार्वजनिक गर्ने गराउन ।
११. सामाजिक सुरक्षा भत्ता वितरण कार्य सहजता कायम गर्न गराउन ।
१२. प्रतेक वर्ष फर्निचर लगाईत अने सामग्रीहरु खरिद गर्नु पर्ने कारण के हो सार्बजनिक गर्न गराउन ।
13. विकास को नाउँमा कर्यकर्ता पालन पोषण गर्ने कार्य वन्द गर्न
१४. ठोस निर्माणका याेजनाहरु अधुराे रहेकोले सो पुरा गर्न गराउन ।
१९. यस पालिका भित्र सहिदहरुको योगदानलाई कदर हुने योजनाहरु लागु गर जस्ता माँगहरु राख्दै बाेदार्थ
जिल्ला प्रशाशन कार्यलय सिरहा ।
जिल्ला प्रहरी कार्यलय सिरहा।
ईलाका प्रहरी कार्यलय महेशपुर पतारी सिरहा ।
सङ्‌घीय मामिला तथा स्थानीय विकास मन्त्रालय सिंह दरवार काठमाडौँमा नेकपा एमालेका नेता एवं गापा संघर्ष समितिका संयाेजक जगत प्रसाद
साहद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाएकाे छ । नेकपा एमाले गाउँ कमिटी अध्यक्ष ब्रहमदेब यादव भन्नुहुन्छ हाम्रो माँग जनसरोकारका माँग हाे यदि उनिहरु आलटाल गरेमा हामीहरु बाध्य भएर थप आन्दोलनका रुपरेखाका साथ अगाडि बढ्ने चेतावनी दिनुभएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको