सर्लाही,९ भदौ। सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ बिर्ताबजार निवासी देवेन्द्र राय र उनका छोरा प्रविण रायले दुई जना महिला आमा छोरीलाई निर्घात रुपमा कुटपिट गरेको छ ।
रायले बुवा छोरा मिलि सोही वडा निवासी ५० वर्षिया महिला पानो देवी महतो र निजकी २६ वर्षिया छोरी छोरी उर्मिला देवीले निर्घात रुपमा कुटपिट गरेको पानो देवीका श्रीमान नथुनी महतोले बताउनुभयो ।
देवेन्द्र र प्रविणको कुटपिट बाट घाइते भएकी पानो र उर्मिलाको ईश्वरपुर नगरपालिका स्थित बयलवासमा रहेको सिद्धिविनायक अस्पतालमा उपचार भैरहेको छ ।
अस्पतालका चिकित्सकका अनुसार कुटपिट बाट पानो र उर्मिलाको शरिरको विभिन्न भागमा निलडाम भएको र पानोको हात जटिल रुपमा घाइते भएको जानकारी दिनुभयो ।
कुटपिट पश्चात बाउ र छोरा दुवै जना फरार रहेको छ । कुटपिट पश्चात ईलाका प्रहरी कार्यालय केशरगंजमा निवेदन दिइएको नथुनी महतोले बताउनुभयो ।
पीडतिका श्रीमान् नथुनी महतोका अनुसार शनबिार दउिँसो बुवा–छोराले मिलेर कुटपिट गर्नुको साथ साथै श्रीमती र छोरी सँग बलतकार गर्ने जस्ता धम्की समेत दिएको बताउनुभयो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: