लहान कार्तिक ७/ लक्ष्मीपुर पतारी गापा वडा नं २ मा दोस्रो अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को सफल आयोजना सुनिश्चित गर्न रु ८,००० आठहजार मूल्यको ट्राफी सेट (१ थान प्रथम सिल्ड र १ थान द्वितीय सिल्ड) प्रदान गरी सहयोग गर्नु भएको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ पोखरभिण्डा–पर्सा निवासी स्थानीय यूवा नेता एवं खेलप्रेमी दिपेन्द्र यादव प्रदान गरेकाे छ ।सहयोगी सबैलाई गढीमाई युवा क्लब लगायत बाैद्धिक समाज लक्ष्मीपुर पतारीले हार्दिक धन्यवाद दिदै यश खेललाई थप राेचक र यूवाहरुलाई उत्साहित बनाउन सबैले आफ्नोतर्फबाट सल्लाह सुझाव दिनहुन क्लव सूचित गरिन्छ । क्लबका अध्यक्ष भन्नुहुन्छ हामीले प्रत्येक वर्ष उत्साहजनक खेल शान्तिपूर्ण तवरले संचालन गरिदै आईरहेकाे छु यसलाई निरन्तरता दिदै गयाे भने अन्तर्राष्ट्रिय स्ततरमा गापाला चिनाउन महत्त्वपूर्ण याेगदान पु्र्याउन सकिन्छ । त्यस्तै बाैद्धिक समाजका अगुवाहरु भन्नुहुन्छ गापाले प्रत्येक वडाका यूवाहरुलाई खेलप्रति अभिरुचि जगाउने उदेश्यले उत्साहजनक बजेट राख्नुपर्छ र गापा स्तरीय नमुना टिम गठन गरेर मुलुककाे विभिन्न ठाउँमा आयोजना हुने खेलमा गापाले खेलकुदका लागि पठायो भन्ने यूवाहरु उत्साहित भएर जिम्मेवारीका साथ शिक्षामा जाेड दिने देखिन्छ खेल पनि एउटा याेग नै हाे यसले हाम्रो मानवशरिरलाइ रिचार्ज गरिन्छ भन्ने तर्क राख्नु भएका छन् । गापा अध्यक्ष चतुरानन्द ठाकुर भन्नुहुन्छ यश वर्ष हामीले यूवामैत्री कार्यक्रमहरु गर्ने जनाउनु भएको छ ।यस्तै वडा नं ५ का वडा अध्यक्ष ब्रहमदेब यादवले पनि यूवाहरु लाई खेलप्रति अभिरुचि बढाउन प्रत्येक वर्ष खेलकुदकाे प्राथमिकतामा राखेर यूवामैत्री खेल गराउँदै आएकाेले स्थानीय यूवाहरु हर्षित भएका छन् । जनता डाेमि चाैधरी माध्यमिक विद्यालय पाेखरभिण्डाका निमित प्रअ तारणि प्रसाद चाैधरी मधेश अनलाइन संगकाे बातचित गर्दै भन्नुहुन्छ, यूवाहरुलाई खेलकुद गर्नका लागि विद्यालयकाे खेलमैदान लाई चिटिक्क एकनासकाे बनाउन सराेकार वलासँग पहल गरि गर्ने गराउने जनाउनु भयाे ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: