लहान

कार्तिक २१/

       सिरहाको लक्ष्मीपुर पतारी गापा वडा नं – २ पाेखरभिण्डा पर्सा स्थित श्री जनता डाे. चाै. माविकाे प्राङ्गणमा   आज गापा अध्यक्ष चतुरानन्द ठाकुर र उपाध्यक्ष अमरकला यादवले सामुहिकरुपमा उद्घाटन गरेका छन् । याे खेल यहिले मधेशप्रदेशमा चर्चामा रहेकाे कुरा वडा अध्यक्ष रामचन्द्र चाैधरी र ब्रहमदेव यादवले जानकारी गराउनु भएको छ ।

कार्यक्रम संचालन यूवा बुद्धिजीवी समाजसेवी महेश्वर कामैतले संचालन गर्नुभएकाे थियोे भन्ने स्वागत  मन्तव्य गापाका शिक्षा शाखा प्रमुख राम वालक पासवानले गर्नुभएको थियो । मन्तव्य प्रअ तारणी प्रसाद चाैधरी प्रमुख अतिथी गापा अध्यक्ष चतुरानन्द ठाकुरले व्यक्त गर्नुभएको थियोे । अतिथिकारुपमा पतारी थानाका प्रमुख विशाल मल्ल, नेपाली काँग्रेसका नेता शितल यादव, वडा अध्यक्ष किरण राय,सचिव माेहन चाैधरी, राेजगार शाखा प्रमुख  प्रकाश चाैधरी युवानेता राज यादव, दिपेन्द्र यादव,विषुण्देव यादव, चन्द्रशेखर यादव लगायत दर्जनौं अतिथिहरुका भव्य उपस्थिति रहेका थिए ।

साे खेलका व्यवस्थापन समितिका संयाेजक ग्यानेन्द्र चाैधरी भन्नुहुन्छ हामीले खेलाडीका लागि कुनै किसिमको असुविधा महसुस नहाेस भनेर साबै पक्षको व्यवस्थापन मिलाएकाे जानकारी गराउनु भएको छ । यश खेललाई राेचक,स्तरीय बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै खेल अनुगमन गरिदिनहुन् सुचित गर्नुभएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको