शिव कुमार साह
लहान कार्तिक २२
नेपाल कम्युनिस्ट पार्टी एमालेकाे केन्द्रीय सर्कुलर अनुसार आज भव्यरुपमा आयोजित वडा स्तरीय जागरण भेलामा विभिन्न वडाका वडा अध्यक्षहरुका अध्यक्षत्तामा भव्यरुपमा सम्पन्न भएकोकुरा लनपा नगर अध्यक्ष राजकुमार साहले जनाउनु भएको छ । वडा नं ११ काे भेलाका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटीका सल्लाहकार मागैण कामैत रहेको थियो।
भने विशेष अतिथिहरूमा प्रदेश कमिटी सदस्य सरियार कुमारी चौधरी, जिल्ला कमिटी सदस्य राजेन्द्र प्रसाद साह जिल्ला कमिटी सदस्य धर्मराज चौधरी नगर अध्यक्ष राजकुमार साह रहनुभएको थियो। त्यस्तै कार्यक्रममा नगर कमिटी सदस्य कारी साह, पूर्व वडा सदस्य जगदिश चौधरी, पूर्व वडा सदस्य कलुवा पासवान, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सचिव वेद प्रसाद साह, र राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी नं. ११ का अध्यक्ष कुन्दन चौधरी लगायतका नेताहरूका उपस्थिति रहेका थिए ।
कार्यक्रमका वक्ताहरूले नेकपा एमालेको नीति–कार्यक्रम, संगठन सुदृढीकरण जनस्तरमा पुर्याउँदै पार्टीप्रतिको विश्वास विस्तार गर्नका लागि जागरण अभियानको आवश्यकता र महत्त्वबारे सामुहिक विचार प्रस्तुत गर्नुभयो।
भेला देश, जनता र पार्टीको उन्नति तथा एकताको संकल्पका साथ भेला पार्टीको मिसन सहित सफलतापूर्वक सम्पन्न भएको कुरा नगर अध्यक्ष साहले जानकारी गराउनु भएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको