शिव कुमार साह
लहान मंषिर २/

सिरहाको सखुवानान्कारकट्टी गापा वडा नं ४ मा रहेको आधारभूत विद्यालय सिमराहामा साेमवार भव्यताका साथ शयाैंका संख्यामा उपस्थितरहेका अभिभावकहरुका भेलाबाट सर्वसम्मतरुपमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
साे भेलामा शिक्षा विकास तथा समन्वय इकाईको अधिकृत प्रतिनिधि राम वालक पसमानकाे संयोजकत्वमा गठित ४ सदस्यीय समितिमा क्रमशः निर्माला कुमारी पासवान,विशेश्वर प्रसाद यादव, गिता कुमारी मण्डल र पवित्री देवी यादव गरि चार सदस्य छनाैट समितिकाे नेतृत्वमा स्थानीय शिक्षा शाखा वडा कार्यालय एवं प्र.अ सहितको छनोट समितीको सहजीकरणमा विद्यालय व्यवस्थापन समिति गठन भएकोकुरा गापाका शिक्षा शाखा प्रमुख भाेगेन्द्र कुमार यादवले जनाउनु भयो ।
स्थानीय अभिभावक उदय भिण्डवार यादव भन्नुहुन्छ प्र.अ हरिभक्त यादवले विद्यालयकाे चाैतर्फि विकासमा निरन्तर जाेडदिएर लागिरहेको छ वहाँले समयकाे महत्त्व दिदै विशेष समय विद्यालयमा दिएर वालवालिकालाई गुणस्तरीय शिक्ष दिनकालागि पटकपटक टाेलटाेलमा गएर अभिभावकहरुसँग शैक्षिक भलाकुसारी गरीरहेकाेले दिनानुदिन साे स्कुलमा विद्यार्थी संख्या बढिरहेकाे कुरा जनाउनु भयो । त्सस्तै अभिभावक धिरेन्द्र कुसियैत यादव भन्नुहुन्छ गापा अध्यक्ष केदार यादवले गापाका प्रत्येक वडामा शिक्षाकाे गुणस्तरीय सुधारकोलागि सराेकारवला पक्षहरूसँग निरन्तर सहकार्य गर्दै विद्यार्थीका शैक्षिक एवं शारीरिक विकासका लागि विभिन्न कार्यक्रमका आयाेजा विभिन्न वडाहरुमा गरिरहनु भएकोले गुणस्तरीय शिक्षाको स्तर दिनानुदिन वढ्दै गएकाे छ साथै यश गापाका शिक्षा शाखा प्रमुख अनुभवी रहेको छ त्यसकारण यहाँ विभिन्न शैक्षिक क्रियाकलापहरु भईरहेका छन् । कतिपय वडाका विद्यालयहरुमा शिक्षामा राजनीति गरेका कारण साे विद्यालयका पठन पाठनमा असर परेका छन् । यसका लागि निस्वार्थ भावनाले प्रत्येक वडाका विद्यालयहरुमा वि. व्यवस्थापन समिति गठन गर्नमा गापाले जाेडदिनु पर्ने जनाउनु भयो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको