शिव कुमार साह लहान मंषिर १९/
लक्ष्मीपुर पतारी गापा वडा नं २ पाेखरभिण्डामा बिहिवार दिउँसो करिव १३.३५ बजेकाे समयमा साबिक पोखर भिण्डा- ३ रहेको रबिन कामैतकाे घरमा अचानक आगलागी भई घर पूर्ण रुपमा जलेर नष्ट भऐकाे छ भन्ने नवीन कामैत ,प्रबिन कामैत ,फुलगेन साहकाे घर छति र्गस्त भऐकाे समचार स्थानीय विन्देश्वर ठाकुरले जानकारी गराईकाे छ । पिडित परिवारहरुलाई गापा लगायत सराेकारवला पक्षहरुले यथाशीघ्र राहतकाे व्यवस्था मिलाउनु पर्ने माँग स्थानीयहरुले गरेका छन् । स्थानीय बुद्धिजीवीहरु भन्नुहुन्छ ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख विशाल मल्लले पिडितहरुसँग पटकपटक सम्पर्क गरि हाैसला दिएर अति स्राहन्य कार्य गरिएको र वहाँहरुलाई मल्ल सरले राहतकाे व्यवस्था मिलाउन सक्दाे छिटोभन्दा छिटो पहल गर्ने जनाएको छ । आगाे कसरी लाग्यो ? ईलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाकाे टिपाेट अनुसार आगलागि सम्बन्धी टिपोट मिति २०८२-०८-१८ गते अन्दाजी १३.१५ बजेको समयमा जिल्ला सिरहा लक्ष्मिपुरपतार गा.पा. २ पोखरभिण्डा स्थित आगलागि भएको भन्ने खबर ऐ.१३.२५ बजे प्राप्त हुना साथ प्रसनि बद्रि नारायण यादव ९८४२८३३७५४ को कमाण्डमा टोलि खटि घटना स्थल गई बुझ्दा रविन कामैतको फुसको दुई तले घरमा बिधुतको तार सट भई अचानक आगलागि हुदाँ घर अ.दुई लाख रुपैयाँ रु. ९० हजारकाे धान , चामल, लत्ताकपडा लगायत गरगहना अं. एक लाख पचासहजार गरी जम्मा ४ लाख चालीस हजार र उक्त घर नजिकैको ऐ. बस्ने नविन कामैतको फुसको एकतले घरमा समेत आगलागि भई उक्त घरमा रहेको धानचामल , लत्ताकपडा र घर गरी जम्मा रु एक लाख पचास हजार बराबरको क्षति भएको अनुमान गरेको छ । उक्त आगलागिबाट जम्मा रु.५ लाख नब्बे हजार बराबरको क्षति भएको मानविय तथा चौपायाँ क्षति नभएको , आगो स्थानिय र प्रहरीको सक्रयि सहयोगमा ऐ.१३.४० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको उक्त स्थान ई.प्रका महेशपुरपतार सिरहाबाट करिव ५ किमिकाे दुरीरहेपनि प्रहरीले समयमा आएर आफ्नो भूमिका सक्रिय पुर्वक निर्वाह गरेकोले स्थान भर भलादमी बुद्धिजीवीहरु प्रमुख मल्ललाई धन्यवाद दिदै भन्नुहुन्छ प्रहरी यस्तो हुनुपर्छ जसले जनतालाई समस्या परेकाेवेला साथ दिदै लाेकहितकारी काम गर्नुपर्छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: