लहान
मंषिर २६

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति वरियारपट्टीमा पक्राउ परेकाे छ ।
बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको हाे ।
मङ्गलबार मध्याह्न १२ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी निरिक्षक विशाल मल्लकाे कमान्डमा खटिएको प्रहरी टोलीले छड्के चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट भएको BR 32 AW 8377 नम्बरको स्कुटी जाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लुकाइछिपाइ राखिएको नगद सात लाख रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएकाे छ ।
प्रहरी उपरीक्षक शर्माका अनुसार उक्त स्कुटी चलाइरहेकाे बरियारपट्टी गाउँपालिका–३ काे ४६ वर्षीय दिनेश महतोलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ । ईप्रका पतारीमा मल्ल आएदेखि नियमित चेकजाँचलाई निरन्तरता दिदै आएको क्रममा बरियारपट्टी क्षेत्रमा चेक जाँच कडा पारिएको थियो । सोही क्रममा महतोलाई रोकिएको र डिकी खोल्दा ठूलो परिमाणको नगद भेटिएको हो । पक्राउ परेका महतोमाथि नगदको स्रोत, प्रयोजन तथा सम्भावित अवैध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको