लहान पुस १४/
सिरहाको लहानस्थित लिटल स्टार सेकेन्डरी इङ्लिस स्कुलबाट तीन जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति पाउन सफल, यश स्कुलले हाम्राे र हाम्रा छाेरा छाेरीकाे शैक्षिक सपना पुरागरेकाे भन्दै अभिभावकहरु खुशी
शैक्षिक सत्र २०८२ का लागि विभिन्न उच्च शिक्षा कार्यक्रममा पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका छन्। कक्षा ११ र १२ अध्ययनपछि प्रवेश परीक्षामा उत्कृष्ट नतिजा प्रप्त गर्दै क्रमशः ओमप्रकाश दास एमबीबीएसतर्फ ७५.५ स्कोरसहित ४८८३ औँ र्‍याङ्क प्राप्त गर्दै चयन हुनुभएको छ। सरस्वती साह बी.एस्सी. नर्सिङतर्फ १८० औँ र्‍याङ्क तथा बायो–मेडिकलतर्फ ३७ औँ र्‍याङ्क सहित सफल हुनुभएको छ। भने मनीषा कुमारी दास बी.एस्सी. नर्सिङतर्फ ३८५८ Rank प्राप्त गर्दै छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको कुरा प्रिन्सिपल जय प्रकाश चाैधरीले सम्मान कार्यक्रममा जनाउनु भएको छ ।
छात्र छात्राहरु पूर्ण छात्रवृत्ति कोटामा विद्यार्थीहरू चयन हुन सफल भएको अवसरमा विद्यालय परिवारले सम्मान गर्दै हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको