जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री कृष्ण प्रसाद यादवले कनिष्ठ कर्मचारीलाई कार्यालय प्रमुख (हाकिम) बनाउन दबाव दिइरहेको आरोप लागेको छ । पुर्वाधार विकास कार्यालय धनुषामा सातौं तहका विनोद यादवलाई सहमति दिएर हाकिम बनाउन उनले भौतिक पुर्वाधार विकास मन्त्रालयमा दबाव दिइरहेको पाइएको हो । अहिले उक्त कार्यालयमा आठौं तहका संजिव कुमार साह कार्यालय प्रमुख छन् । साह दुई महिनाअघि मात्रै पुर्वाधार विकास कार्यालय सप्तरीबाट सरुवा भएर धनुषा आएका थिए । तर, आठौं तहका उनलाई सरुवा गरी मुख्यमन्त्री यादवले संघको सातौं तहका कर्मचारी विनोदलाई हाकिम बनाउन दबाव दिइरेहको कर्मचारीहरुको गुनासो छ । अहिले सोही विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेका छन् । वर्तमान कार्यालय प्रमुख संजिवका अनुसार प्रदेश सरकारले दुई वर्ष सम्म सरुवा नगर्नु पर्ने प्रावधानलाई मिच्न खोजेको छ । ‘दुई वर्षअघि कर्मचारी सरुवा गर्नु अनियमितताको गन्ध हो । त्यती मात्रै हाइन केही दिनअघि मात्रै समान्य प्रसाशन मन्त्रालयले संघका कर्मचारी फिर्ता बोलाएको थियो,’उनले भने,‘तर अहिले फेरी सघंकै कनिष्ठ कर्मचारीलाई हाकिम बनाउन खोज्दै छ । त्यो पनि प्रदेश सरकारको निर्णय विपरीत ।’ मधेश प्रदेश सरकारले केही महिनाअघि थप संघको कर्मचारी नबोलाउने निर्णय नै गरेको उनले सुनाए । त्यसको विपरीत संघको कनिष्ठ कर्मचारीलाई सहमति दिन खाजेको उनले आरोप लगाए । प्रदेशको कर्मचारीहरु यसको विरुद्धमा आज मुख्यमन्त्री, प्रमुख सचिव र भौतिक पुर्वाधार विकास मन्त्रालयमा ज्ञाापन–पत्र बुझाउन लागेको जानकारी दिए । महिनै पिच्छे कर्मचारी सरुवाले कर्मचारीको मनोबल खस्किएको उनले निरास व्यक्त गरे । यस विषयमा भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव संजय साहले आठौं तहका संजिवलाई हटाएर सातौं तहका विनोदलाई ल्याउने कुरा अलिअलि भएको स्वीकार गरे । तर, धनुषामात्रै नभई आवश्यकता अनुसार अन्य ठाउँमा पनि हुन सक्ने उनले संकेत गरे । ‘आवश्यकता अनुसार काजमा आउने गर्छ । त्यस्तो निर्णय नै भएको छैन् । संघबाट अहिले नै कर्मचारी आइसकेको छैन्,’उनले भने,‘संघबाट एउटा इन्जिनियरलाई ल्याउने कुरा भइरहेको छ । पहिला पनि उहा खट्नु भएको छ । उहालाई राख्ने कुरा अलिअलि भएको छ । तर अहिले फाइनल भइसकेको छैन् ।’ यस विषयमा थप बुझ्नको लागि मुख्यमन्त्री यादव, भौतिक पुर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, प्रमुख सचिव कमल प्रसाद भट्टराइलाई पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेनन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: