२ चैत , काठमाडौ । शिवराम झा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि भोलिदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटी का अनुसार मंगलबार र बुधबार होटल रोयल टुलिप मा सांसदहरूको अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि पार्टीले ७ बुँदे निर्देशन पनि जारी गरेको छ। सूचनाअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन पूर्ण रूपमा निषेध गरिएको छ। यस्तै सांसदहरूले परिवार, साथी वा कुनै पनि पाहुनालाई होटलमा ल्याउन नपाउने व्यवस्था गरिएको छ। चालकको खाना तथा बस्ने खर्च भने सम्बन्धित सांसदले आफैंले बेहोर्नुपर्नेछ। कार्यक्रम स्थलमा फोटो खिच्न तथा अनावश्यक भेटघाट गर्न समेत रोक लगाइएको छ। अनुशासन कायम राख्न सांसदहरूलाई भद्र पोशाक लगाएर कार्यक्रममा सहभागी हुन निर्देशन दिइएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: