२६ चैत, काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह ले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन्।
खरिपाटी सैनिक प्रतिष्ठान मा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद हासिल गरेका क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पणका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनभित्र रही सधैं कर्तव्यप्रति सजग रहन आग्रह गरे। फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास पनि व्यक्त गरे।
समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै सम्मानित गरेका थिए। प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको