२६ चैत, हाङपाङ, ताप्लेजुङ – आठराई त्रिवेणी गाउँपालिकाले कार्यालय समय सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै पुरानो तालिकाअनुसार कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
नेपाल सरकारले संवत् २०८२ साल चैत २३ गतेदेखि सरकारी कार्यालय र सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि, गाउँपालिकाले कर्मचारीहरूको बसोबास र भौगोलिक विकटतालाई ध्यानमा राख्दै सेवाग्राहीका लागि कार्यालय समय पुरानै अनुसार कायम राख्ने निर्णय गरेको हो।
सूचनामा उल्लेख अनुसार, गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालयहरू आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन्। कार्यालय समय यस प्रकार तोकिएको छ:
वैशाख १ देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म: बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजे
कात्तिक १६ देखि माघ १५ सम्म: बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजे
प्रत्येक शुक्रबार: बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजे
गाउँपालिकाले यो निर्णय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार गाउँपालिका बैठकबाट पारित गरी सर्वसाधारणलाई जानकारीका लागि एक सूचना सार्वजनिक गरेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको