१९ बैशाख , जनकपुरधाम। मैथिली साहित्य समाज जनकपुरधामको आयोजनामा १४७औँ मासिक कविगोष्ठी कार्यक्रम शनिबार अपराह्न ३ बजे पुरानो मिनाप सभाकक्षमा सम्पन्न भएको छ। फुलेन्द्रलाल कर्णको अध्यक्षता तथा देवीकान्त मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा शीतल झा, मनोज प्रेमेश, अभिष्ट नारायण झा, विनोदचन्द्र झा, वैद्यनाथ पासवान, विजय यादव, काशी कान्त झा ‘रसिक’, विजय दलमणि, सुजीत कुमार झा, सिवानी मिश्र र आदर्श झा लगायतका स्रष्टाहरू सहभागी भएका थिए। कविगोष्ठीमा सहभागी कविहरूले आफ्ना रचना वाचन गर्दै साहित्यिक माहोल सिर्जना गरेका थिए। कार्यक्रमले मैथिली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: