१९ बैशाख , काठमाडौ । नेकपा (संयुक्त) ले सरकारविरुद्ध सडक आन्दोलन चर्काउने घोषणा गरेको छ। पार्टीले आगामी वैशाख २३ गते दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डला मा विरोध प्रदर्शन गर्ने जनाएको छ। घनश्याम भुसाल नेतृत्वको उक्त पार्टीले संसद् छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति तथा सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरवारविहीन बनाइएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले नवनिर्वाचित सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै यस्तो कदमविरुद्ध सडकमा उत्रिन बाध्य भएको बताएका छन्। उनले विशेषगरी अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्वासी बस्ती हटाइएको घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गरे। पार्टीले आन्दोलनमा कार्यकर्ता मात्र नभई आम नागरिकलाई समेत सहभागिताका लागि आह्वान गरेको छ। आन्दोलनमार्फत सरकारलाई दबाब दिने र आफ्नो मागप्रति ध्यानाकर्षण गराउने उद्देश्य राखिएको जनाइएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: