३ जेठ, महोत्तरी, भंगहा । महोत्तरीको भंगहा नगरपालिका–१ स्थित लोहारपट्टी चौकबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित गेरुका नदीको उद्गम स्थल कबिलासामा मलेमासको अवसर पारेर भक्तजनहरुको ठूलो घुइँचो लाग्ने गरेको छ।
धार्मिक तथा प्राकृतिक महत्व बोकेको उक्त स्थलमा दैनिक रुपमा सयौं श्रद्धालु पुगेर पूजा–आराधना गर्ने गरेका छन्। विशेषगरी यहाँ रहेको शिव–बजरङ्गबली बाबा मन्दिर दर्शनार्थीहरुको आकर्षणको केन्द्र बन्दै गएको स्थानीयवासी
बताउँछन्।
मलेमासका कारण मिथिला क्षेत्रसहित आसपासका जिल्लाबाट समेत भक्तजनहरु आउने क्रम बढेको छ। भक्तजनहरुले गेरुका नदी उद्गम स्थलमा स्नान गर्नुका साथै मन्दिरमा पूजा अर्चना गर्ने गरेका छन्।
स्थानीय मेला व्यवस्थापन समितिका अध्यक्ष शम्भु साहका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सम्भावना बोकेको भए पनि प्रचार–प्रसारको अभावका कारण उक्त स्थल अपेक्षित रुपमा पर्यटकीय गन्तव्य बन्न सकेको छैन।
उनले राज्य तथा स्थानीय तहले आवश्यक पूर्वाधार निर्माण, संरक्षण र प्रचार–प्रसारमा ध्यान दिए गेरुका नदी उद्गम स्थल कबिलासा धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने बताए।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको