२१ असार , जनकपुरधाम। मधेश प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया, नवप्रतिभा खोजी तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । मधेश प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानको कार्यक्षेत्रअन्तर्गतका विभिन्न विधामा अन्तरक्रिया, नवप्रतिभा खोजी एवं सम्मान कार्यक्रमको अध्यक्षता मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले गर्नुभएको थियो भने प्रमुख अतिथिकाे रूपमा शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले पानसमा बतिबालेर कार्यक्रम उद्घाटन गरेको थियो । प्रतिष्ठानका सञ्चालक समिति सदस्यहरू दिनेश यादव, देवनारायण यादव, देवनारायण माझी र सुधा झाका साथै मधेश प्रदेशका आठवटै जिल्लाबाट विभिन्न विधाका विशिष्ट अतिथि तथा सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा डा. सूर्यप्रसाद यादवद्वारा लिखित ‘मैथिली लोकगायनको परम्परा’ तथा डा. वीरबहादुर महतोद्वारा लिखित ‘मगही संस्कार आउ संस्कृति’ नामक कृतिहरू मन्त्री सिंहद्वारा विमोचन गरेकाे थियो। कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो। कार्यक्रम सञ्चालन प्रतिष्ठानका प्रशासन प्रमुख महेन्द्र महतोले गरेकाे थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य दिनेश यादवले व्यक्त गर्नुभएको थियो। मिथिला बिहारी नगरपालिका स्थित पुरन्दहा भिलेज कल्चरमा मिथिला रितिरिवाज झल्किनेगरि वातावरणमा सम्पन्न भएको थियोे ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: