२२ साउन , जनकपुरधाम। नेपाल शिक्षक महासङ्घ धनुषाको आयोजनामा शुक्रबार बटेश्वर गाउँपालिकास्तरिय शिक्षकहरुको गुनासो सुनवाइ तथा सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ बटेश्वर गाउँपालिका अध्यक्ष रामदुलार महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघका मधेश प्रदेशका निवर्तमान अध्यक्ष मेघनाथ यादवले शिक्षकहरुलाइ राज्यका तीन ओटै सरकारले अपहेलना गर्ने गरेको आरोप लगाए । नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको हकहितका लागि महिनौंसम्म सडक आन्दोलन गरेको स्मरण गर्दै सरकारले शिक्षकले खाइपाइ आउदै गरेको सुविधामा समेत कटौतीलगायत शिक्षा ऎन ल्याउनुपर्ने माग गर्दै भदौमा आन्दोलनको घोषणा गरेको बताए । उनले भने बटेश्वर गाउँपालिकामा स्थानीय सरकारले सघिय सरकारको परिपत्र र निर्णय बिपरित आइतबार समेत विद्यालय संचालन गरिनु गैरकानुनी भएकोले पालिकाले यस निर्णयमा पुनर्बिचार गर्नुपर्छ ।
कार्यक्रममा नेपाल शिक्षक महासङघ धनुषाका अध्यक्ष सुरेश कुमार यादवले बटेश्वर गाउँपालिकामा आइतबारको बिदा नदिइनु सघिय सरकारको निर्देशन बिपरित भएकोले शिक्षक महासङ्घको नेतृत्वमा आइतबार बिदाको लागि पहल गरिने बताए । पालिकाले आइतबारको बिदा घोषणा नगरे कानुनी जटिलता हुने बताए ।
नेपाल शिक्षक महासङ्घ धनुषाका सह अध्यक्ष प्रमोद शरण केवटले शिक्षकहरुको पेशागत हकहितका लागि आफु अग्रसर रहेको बताए । शिक्षकहरुबिचमा आपसी समझदारी हुनुपर्ने भन्दै आइतबारको बिदा हुनुपर्ने अडान राखेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक सघ धनुषाका अर्थ सचिव रामचन्द्र महतोले पालिकाले आइतबारको बिदा नदिए विद्यालय ठप्प गरि पालिकामा धर्नामा बस्ने चेतावनी दिए । शिक्षकको हकहितका लागि आफुहरु सदैव अग्रपत्तिमा रहने बताए ।
कार्यक्रममा बोल्दै शिक्षकहरुले बटेश्वर गाउँपालिकाले बालबिकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाइ संघिय सरकारको निर्देशन बिपरित मासिक २ हजार रुपैयाँ कम निकासा गर्दै आएको गुनासो गरेका थिए । बटेश्वर गाउँपालिकामा हुने पालिका अधिवेशनलगायतको कार्यक्रममा शिक्षकहरुलाइ सहभागीता नगराउने , शिक्षकलाइ कर्मचारीको रुपमा नहेर्ने गरेकोमा दुख लागेको बताए । शिक्षा क्षेत्रमा पालिकाले लगानी गर्न नचाहेको र राजनीतिक पहुँचको आधारमा कुनै विद्यालयलाइ काखा र पाखा लगाउने गरेको आरोप लगाएका थिए ।
कार्यक्रममा बटेश्वर गाउँपालिकाले आइतबार सार्वजनिक बिदाको दिन समेत विद्यालय संचालन गरेकोले सार्वजनिक बिदाब्दिन भन्दै शिक्षक महासङ्घको नेतृत्वमा आइतबार पालिका ज्ञापनपत्र बुझाउने सर्वसम्मत निर्णय गरेका छन् । आइतबारको बिदा घोषणा नभए पालिकमा धर्नालगायतको कार्यक्रम गर्न बाध्य हुने जनाएको छ । ज्ञापनपत्रमा बालबिकास सहजकर्ता र कार्यालय सहयोगिलाई सघिय सरकारको निर्णय बमोजिम पालिकाले थप गर्नुपर्ने पूरा रकम निकासा गर्नुपर्ने माग गर्ने शिक्षक रामदुलार महतोले बताए ।
शिक्षक दिपेन्द्र सिंहले सहजीकरण गरेको कार्यक्रममा बटेश्वर गाउँपालिकामा १६ ओटै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको