काठमाण्डौं, वैशाख १२ गते ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दवाव दिन आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीहरुलाई नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयविच शनिवार विहान साढे ७ बजे वार्ताका लागि आह्वान गरेका छन् ।

शुक्रवार ३ बजे मन्त्रालयले वार्ताका लागि बोलाइएको वार्ता गर्न सिंहदरवारको गेटसम्म पुगेका शिक्षक महासंघका नेताहरु फर्केका थिए । महासंघको तर्फबाट वार्तामा सहभागि नेताहरुको नाममा गेट पास नबनाएर मन्त्रीले आफुखुशी २५ जना शिक्षकको नाममा गेट पास बनाएकाले महासंघका पदाधिकारीहरु वार्तामा सहभागि नभईकन फर्केका हुन् ।

वार्तामा गएका शिक्षक नेताहरु फर्केपछि गेट पास लिएर आएका कर्मचारीहरु फर्केका थिए भने शिक्षामन्त्रि बाटो कुरेर बसेका थिए । मन्त्रालयले शनिवार विहान पुनः वार्तामा आउन पत्राचार गरेका छन् । शिक्षक महासंघले बनाएको वार्ता टोलीसंग छलफल गर्न आफु तयार रहेको नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताए ।
अदालतबाट सरकारको नाममा ३ दिनभित्र शिक्षकहरुको जायज माग पुरा गर्न विद्यालय फर्काउन वातावरण मिलाउन सरकारको नाममा स्टे अर्डर दिएपछि मन्त्रालय र सरकार शिक्षकहरुसंग वार्ता गर्न आतुर देखिएका छन् । शिक्षकहरु भोली विहान वार्तामा जाने वा नजानेबारेमा अहिलेसम्म आधिकारिक सुचना प्रवाह गरेको छैन ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको