सिराहा, वैशाख १४ गते । नेपाल मुस्लिम इतिहास संगठन सिराहा जिल्लामा प्रतिनिधि छनोट प्रक्रियामा देखिएको एकलौटी निर्णयप्रति मुस्लिम समुदाय तथा विभिन्न नेतृत्व तहबाट गम्भीर आपत्ति जनाइएको छ। जिल्ला इन्चार्ज र अध्यक्षले केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा पारदर्शिता नअपनाई आफूखुसी प्रतिनिधि सिफारिस गरेको आरोप लागेको छ। स्रोतका अनुसार जिल्ला इन्चार्जले आफू र आफ्नी श्रीमतीको समेत नाम सिफारिस गरी पठाएको पाइएको सार्वजनिक भएपछि मुस्लिम समुदाय झन आक्रोशित बनेका छन्। यसैबीच, नेकपा एमाले सिराहा जिल्ला अध्यक्ष अशोक यादवले समेत प्रतिनिधि छनोट प्रक्रियामा आफूलाई कुनै जानकारी नदिइ गरिएका निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उहाँले यस्ता एकलौटी निर्णय तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन्। यस्ता गतिविधिले संगठनको मर्यादा र मुस्लिम समुदायको गौरवमा आँच पुर्याएको भन्दै जिल्लाका मुस्लिम समुदायले तीव्ररुपमा असन्तुष्टि व्यक्त गरेका छन्। ‘संगठन सबैको साझा थलो हो, केही व्यक्तिको निजी सम्पत्ति होइन,’ एक असन्तुष्ट मुस्लिम अगुवाले भने, ‘यस्ता गैरजिम्मेवार व्यक्तिमाथि कारबाही आवश्यक छ।’ समुदायले केन्द्रीय समितिसँग तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। संगठनमा एकलौटी शासन र परिवारवादलाई अन्त्य गर्न अब संघर्ष आवश्यक भएको जिल्लाका मुस्लिम समुदायको धारणा रहेको छ। संगठन सबैको साझा थलो हो, केही व्यक्तिको निजी सम्पत्ति होइन। हामी केन्द्रीय समितिसँग यस्ता संगठन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न माग गरेकाे कुरा मुस्लिम अगुवा समाजसेवी एवं बुद्धिजीवीहरुकाे भनाईरहेका छन् ।
समुदायले संगठनलाई व्यक्तिवादको सञ्जाल नभई साझा आन्दोलनको प्लेटफर्म बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, एकता, संघर्ष र न्यायका लागि संघर्ष जारी रहने स्पष्ट पारेका छन्।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: